हिरो हिरोइनले फिल्ममा लगाएको कपडा अन्तमा कहाँ जान्छ ?
शनिबार, १५ साउन २०७३, १२ : ०६
फिल्ममा हिरो हिरोइनको ड्रेसको भूमिका विशेष हुन्छ । धेरै मानिसहरुले याद गर्ने भएका कारण फिल्ममा लगाइने धेरैजसो पहिरनलाई डिजाइनरले डिजाइन गरेको हुन्छ । आजकालको फिल्ममा कस्ट्युमको लागि पनि राम्रै बजेट छुट्याइएको हुन्छ तर एकपटक यी कपडा हिरो, हिरोइनले लगाएपछि यो अन्तमा कहाँ जान्छ हामी त्यसबारे जानकारी दिँदै छौं ।
धेरैजसो फिल्ममा लगाइने पहिरनलाई लिलामीमा राखिन्छ, जसबाट आएको रकम च्यारिटीको काम आउँछ । फिल्म ‘देवदास’ मा माधुरीले लगाएको हरियो रंगको लेहेंगा ४ करोड ८० लाखमा बिक्रि भएको थियो ।
फिल्मी स्टार्सका प्रशंसक असंख्य हुन्छन् । उनीहरु आफ्नो मनपरेको हिरो–हिरोइनले प्रयोग गरेका सामानहरुलाई लाखौं करोडौैं रुपैयाँ तिर्न तयार हुन्छन् । सलमानका एक प्रशंसकले फिल्म ‘मुझसे सादी करोगी’ मा सलमानले एउटा गीतमा प्रयोग गरेका रुमाललाई डेढ लाखमा खरिद गरेका छन् ।
लिलामीका साथै फिल्ममा लगाइएका लुगा कोही स्टार्सलाई मनपर्ने भएका कारण उनीहरुले त्यो आफैंसँग लिएर जाने गर्दछन् । फिल्मनिर्माताहरुले आफ्नो खुसीले ती कपडा दिन्छन् तर एउटा सर्तमा । उनीहरुले त्यो कपडा लिएर जान त सक्छन् तर त्यसलाई लगाउन भने सक्दैनन् ।
कोही चर्चित डिजाइनरले फिल्मको सुटिङ सिद्धिएपछि त्यसलाई फिर्ता लिएर जाने गर्दछन् । मनिष मलहोत्रा र अन्जु मोदीजस्ता डिजाइनरले आफूले डिजाइन गरेको ड्रेस धेरैजसो फिल्मको सुटिङ सिद्धिएपछि फिर्ता लिने गर्दछन् ।
अझ अचम्मको कुरा त के छ भने, धेरैजसो यी महँगा कपडालाई एउटा अँध्यारो कोठाको दराजमा राखेर त्यसमा फिल्मको नाम लेखेर प्रोडक्सन हाउसमा राखिन्छ ।
कतिपय फिल्ममा यी कपडालाई पुनःडिजाइन गरी नयाँ कम्बिनेसनका साथ जुनियर आर्टिस्टलाई लगाइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण