गर्भवती भएको थाहै नपाई छोरी जन्माएकी महिला भन्छिन्, ‘अचानक पेट दुख्यो र आधा घण्टाभित्र आमा भएँ’
म्यान्चेस्टर । भनिन्छ, बच्चा जन्माएपछि आमाको पनि अर्को जन्म हुन्छ । बच्चा जन्माउँदा हुने पीडा, दुःख सास्तीका कारण यसो भनिएको हो । तर सबै महिलालाई बच्चा जन्माउन कहाँ गाह्रो हुने रहेछ र ? एक महिलाले आफू गर्भवती भएको थाहै नपाई छोरीलाई जन्म दिएकी छिन् ।
२३ वर्षीया लियान ब्रेननले आफू गर्भवती भएको सुइँकोसमेत नपाई छोरीलाई जन्म दिएकी छिन् । उनी भन्छिन्, ‘गत अप्रिल १७ (सन् २०१६) तारिखमा सोफामा बसिरहेका बेला मलाई पेट दुख्यो र पेट दुखेको आधा घण्टापछि मैले एक स्वस्थ छोरीलाई जन्म दिएँ ।’
स्रोतका अनुसार पेट दुख्दा व्यथा लागेको जस्तै दुखेका कारण उनी सुरुमा त उनलाई असहज महसुस भयो । उनी त्यसपछि त आत्तिइन् पनि । लियान पहिले नै दुई बच्चाकी आमा हुन् ।
उनको जिन्दगीमा जे घटना भयो त्यसमा आफू निकै अचम्मित भएको उनी बताउँछिन् । उनी भन्छिन्, ‘मसँग जे भयो त्यसलाई मैले अहिलेसम्म पनि विश्वास गर्न सकिरहेकी छैन । तर यो मेरो जीवनको सबैभन्दा राम्रो सरप्राइज हो ।’
आफू एक्ली आमा भएका कारण उनले जे जति काम गरिन् गरिन् ती सबै एक्लैले गरेको जानकारी दिइन् । उनी भन्छिन्, ‘छोरीलाई जन्म दिइसकेपछि उनलाई नुहाउने क्रममा एक छिमेकीले ढाका ढक्ढकाइन् । पानीको आवाज सुनेपछि उनले म नुहाइरहेको हो भन्ने प्रश्न गरिन् तब मैले उनलाई आफूले भर्खरै एक छोरीलाई जन्म दिएको बताएँ । उनलै तत्काल एक एम्बुलेन्स बोलाएर हामीलाई अस्पताल लगिन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण