किम जोंगको अर्को क्रुरताः ६ अधिकारीलाई परिवारकै अगाडि दिए मृत्युदण्ड
शनिबार, १५ साउन २०७३, १५ : ५६
उत्तर कोरियाका तानाशाह किम जोंग उनको क्रुरताको एउटा अर्को कहानी सार्वजनिक भएको छ । किमले आफ्ना ६ अधिकारीहरुलाई उनका परिवारको अगाडि गोली हानेर हत्या गरिदिएका छन् ।
चीनस्थित एक उत्तर कोरियाली रेष्टुरेन्टबाट १३ जना कर्मचारीहरुलाई दक्षिण कोरिया भाग्न सहयोग गरेको भन्दै उनीहरुलाई मृत्युदण्ड दिएको हो ।
यो वर्ष अप्रिलमा चीनको पूर्वी तटस्थित निंगबोको एक रेष्टुरेन्टबाट १२ महिला र १ पुरुष कर्मचरी दक्षिण कोरिया भागेका थिए ।
डेली मेलको रिपोर्ट अनुसार ती ६ अधिकारीका परिवारलाई ताल्चा लगाएर एउटा कोठामा बन्द गरियो र उनीहरुकै अगाडि ती अधिकारीहरुलाई गोली हानी मृत्युदण्ड दिइयो । स्रोतका अनुसार यो धटना ५ मे मा भएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण