ड्रग्स ऱ्याकेटकी आरोपी ममता कुलकर्णीको अर्को रहस्य खुल्यो, ८ बैंकको खातामा रोक
आइतबार, १६ साउन २०७३, ११ : ४९
२ हजार करोडको ड्रग्स ऱ्याकेटको मुख्य आरोपी ममता कुलकर्णीको अर्को नयाँ रहस्यको पर्दाफास भएको छ । उनीमाथि लागेको आरोपको छानबीन गरिररहेको पुलिसले उनको ८ वटा बैंकका अकाउन्ट यसै हप्ता फ्रिज गरिदिएको छ ।
९० को दशकमा बलिउडकी सबैभन्दा ‘बोल्ड एण्ड ब्यूटीफूल’ नायिकाको छाप छोड्न सफल उनी एकाएक बलिउडबाट पलायन भएर अवैधानिक ड्रग्सको कारोबारमा लागेको आरोप लगाइएको छ ।
खबरका अनुसार ममता अहिले केन्यमा लुकेर बसिरहेकी छिन् । उनलाई पक्राउ गर्नका लागि पुलिसले आफ्नो कदम चालिसकेको बताएको छ । पुलिसले उनको ८ बैंक अकाउन्टलाई सिल गरिदिएको छ जसमा १ करोड ४४ लाख रुपैयाँ पाइएको छ ।
पुलिसले ममताकी बहिनी र यो अकाउन्टमार्फत लेनदेन गरिरहेका मानिसहरुसँग सोधपुछ गरिरहेको छ । यति मात्र होइन, पुलिसले अब ममता र उनका पति भनिने दोस्रो आरोपी बिक्की गोस्वामीको अरु सम्पत्ति बारे छानबिन गर्न सुरु गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण