अमेरिकी छात्रालाई बलात्कार गरेको आरोपमा ‘पीपली लाइभ’ का सह–निर्देशक दोषी ठहर
आइतबार, १६ साउन २०७३, १२ : २१
नयाँ दिल्ली । ‘पीपली लाइभ’ फिल्मका सह–निर्देशक र इतिहासकारसमेत रहेका महमूद फारुकीको रेप मुद्दामा दिल्लीको साकेत कोर्टले दोषी ठहर गरेको छ । अदालतले २ अगस्टमा यो मुद्दामा सजायँ सुनाउनेछ ।
अदालतले उनलाई ३५ वर्षीया अमेरिकी अनुसन्धानकर्तामाथि सन् २०१५ मा बलात्कार गरेको घटनामा दोषी पाएको छ । पिडित महिला अमेरिकाको कोलम्बिया युनिभर्सिटीबाट पीएचडी गरिरहेकी थिइन् र अनुसन्धानका लागि भारत पुगेकी थिइन् ।
लेखक– निर्देशक फारुकीलाई दिल्ली पुलिसले पछिल्लो वर्ष बलात्कारको आरोपमा पक्राउ गरेको थियो । खबरका अनुसार १९ जुन, २०१५मा दक्षिण दिल्लीको न्यू फ्रेन्ड्स कोलोनी पुलिस स्टेशनमा एक अमेरिकी महिलाले फारुखी विरुद्ध मुद्दा दर्ता गरेकी थिइन् ।
फारुखीलाई त्यहि दिन हिरासतमा लिइएको थियो ।
फारुखीले श्रीमती अनुसा रिजवीसँग मिलेर पीपली लाइभको सह–निर्देशन गरेका थिए । उनकी श्रीमतीले उनलाई लागेको बलात्कारको आरोप झुटो भएको वकालत गर्दै आएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण