खाना फाल्नुहुन्छ ? यसो गर्नुपूर्व यिनको हालत हेर्नुहोस्, खानाको सट्टा खान्छन् माटोको भाँडो... (भिडियोसहित)
आइतबार, १६ साउन २०७३, १६ : २१
हामीमध्ये धेरैले आफ्नो घरमा भएको एक्स्ट्रा खाना फाल्छौं । तर यो समाचार पढेपछि सायद तपाईंले यसो गर्नुहुन्न होला ।
हाइटीमा बस्ने मानिसहरुसँग खानको लागि केही पनि छैन त्यसकारण उनीहरु बाँच्नका लागि माटोबाट बनेको भाँडा खाने गर्दछन् । सुन्दा अपत्यारिलो छ तर यो हाइटीको दारुण वास्तविकता हो ।
हाइटीका मानिसहरुको एउटा यस्तो आदिवासी इलाका छ जहाँ मानिसहरु त्यो मात्र खान्छन् जुन उनीहरुले बनाउँछन् । उक्त ठाउँमा माटोको भाँडो बनाउने भन्दा अरु केही रोजगारको अवसर छैन । उनीहरु माटोको भाँडो बनाउँछन् त्यहि बेच्छन् र बाँच्नका लागि त्यही खान्छन् पनि ।
उता मानिसहरुको अवस्था यस्तो छ, यताका शहरिया भने खाना मिठो भएन भन्दै पस्केको खाना सबै फालिदिन्छन् । यो तितो यथार्थ हो ।
संसारभरी कति खानेकुरा नष्ट हुन्छ ?
-
यदि हामी वल्र्ड फुड प्रोग्रामलाई विश्वास गर्ने हो भने हरेक वर्ष संसारमा यति खाना उत्पादन गरिन्छ कि जसबाट संसारभरीका ७ बिलियन मानिसहरुको भोक मेट्न सकिन्छ । तर पनि हरेक ९ जनामध्ये एक व्यक्ति हरेक दिन भोको पेट सुत्ने गर्दछ ।
-
वल्र्ड फुड प्रोग्रामले यो पनि दाबी गर्छ कि संसारभरी १.३ बिलियन खाना बर्बाद गरिन्छ ।
-
हरेक वर्ष विश्वको धनी मुलुकमा करिब २ सय २२ मिलियन खाना खेर फालिन्छ ।
-
यो अनुसन्धानमार्फत यो कुरा पनि सार्वजनिक भएको छ कि युनाइटेड नेसन्समा तरकारी र फलफूल सबैभन्दा बढि फ्याँकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण