८ सय कैदी क्षमता रहेको जेलमा ३ हजार ८ सय कैदी ? हेर्नुहोस् उनीहरुको जिन्दगी
आइतबार, १६ साउन २०७३, १८ : १७
मनिला । संसारको सबैभन्दा बदनाम जेलको सूचीमा फिलिपिन्सको क्लिजोन जेल पनि समावेश छ । यहाँको अवस्था यस्तो छ कि ८ सय कैदीको क्षमता रहेको यो जेलामा ३ हजार ८ सय कैदीहरुलाई जर्बजस्ती राखिएको छ । यतिमात्र होइन, यहाँ कैदीहरु आफ्नो लागि ठाउँ र पानीका लागि दैनिकजसो एक अर्कासँग काटामार गर्न पनि पछि पर्दैनन् ।
यहाँ कैद भएका एक पूर्व कैदी रेमण्ड नारगले यो जेलको बेहाल स्थितीबारे ‘फ्रिडम एण्ड डेथ इनसाइड द जेल’ नामक एक किताब नै लेखेका छन् । आफू २० वर्षको हुँदा जेलमा परेको बताउने रेमण्डले ७ वर्ष जेलमा कटाएको बताएका छन् । उनका अनुसार खानामा सुकेको माछाबाहेक केही पनि हुँदैनथ्यो । यो जेलमा कैदीहरुले आफ्नो लागि आफैं खाना बनाउनु पर्ने उनले बताए । उनी भन्छन्, ‘मैले ७ वर्षसम्म आँखा हेरेरै मृत्युको अनुभव गरें ।’
स्रोतका अनुसार ६० वर्ष पहिले जब यो जेलको निर्माण भएको थियो तब यसमा ८ सय कैदीको क्षमताको हिसाबले बनाईएको थियो । अहिले हालात यस्तो छ कि २० जना मानिसहरुका लागि बनेको सेलमा १६० देखि २०० मानिसहरु राखिन्छ । कैदीहरुले सुत्नका लागि सानो एउटा ठाउँ पाउन पनि मुश्किल छ । कैदीहरु बास्केटबलको ओपन कोर्ट, सिढिँ र बेडको तलसमेत सुत्ने गर्दछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण