साथीको मृत्यु हुँदा यसरी रोए सलमान खान
सोमबार, १७ साउन २०७३, १० : ४२
बलिउडका चर्चित निर्देशक सूरज बडजात्याका भाइ रजत बडजात्याको शुक्रबार मृत्यु भएको छ । शनिबार उनको शोक सभामा सलमान खान पनि पुगे जहाँ उनी रोएको देख्न सकिन्थ्यो । सलमान खान र रजत बडजात्याको दोस्ती निकै गहिरो रहेको श्रोतले बताएको छ । सलमानले आफ्नो करियरको सुरुवात बडजात्याको फिल्म ‘मेने प्यार किया’बाट गरेका थिए ।
लामो समयदेखि क्यान्सर पीडित रजतले अन्तत जिन्दगीको लडाईं हारे । साथीको अन्तिम दर्शनका लागि पुगेका उनले आफूलाई रोक्न सकेनन् । यी दुबैले ‘हम आपके हे कौन’, ‘हम साथ साथ हे’ र ‘प्रेम रतन धन पायो’ मा सँगै काम गरेका थिए । रजतको अन्तिम संस्कारमा सोनम कपुर र रबिना टन्डन पनि उपस्थित थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण