महिलाले स्कूटर चलाए जिउँदै जलाइने चेतावनी
सोमबार, १७ साउन २०७३, ११ : २१
आतंककारी संगठन हिजबुल मुजाहिद्दीनका कमान्डर बुरहान बानीको इन्काउन्टरपछि भारतको महाराष्ट्र इलाकाको घाटीको हालत दिनानुदिन बिग्रदो अवस्थामा छ । आइतबार श्रीनगरको सिटी सेन्टरमा लगाइएको पोष्टरले त्यहाँका जनतालाई तनाव थप्ने काम गरेको छ । पोष्टरमा महिलालाई धम्कीपूर्ण सन्देश दिइएको छ । उक्त पोष्टरका अनुसार महिलाले यदि स्कूटर चलाए उनीहरुलाई स्कूटरसँगै जलाइने चेतावनी दिइएको छ । यो पोष्टर संगबाज नामको संस्थाबाट जारी गरिएको छ ।
स्रोतका अनुसार पोष्टरमा जम्मा ६ कुराहरु लेखिएका छन् । युवायुवतीलाई भाइ बहिनी भनी सम्बोधन गरिएको छ । दोस्रो लाइनमा ‘फ्रिडम मुभमेन्ट अफ कश्मिर भ्याली’ लेखिएको छ भने अर्को लाइनमा ‘यो कश्मिर हाम्रो हो र यसको निर्णय हामी गर्नेछौं’ भनी लेखिएको छ ।
पोष्टरमा सबै पसले, भेन्डर र घाटीमा काम गर्ने व्यापारी समुदायलाई सहयोगको अपिलसमेत गरिएको छ । उनीहरुले लडाईं हुञ्जेल आफ्नो पसल बन्द गर्न आह्वान गरेका छन् ।
यसका साथै उक्त पोष्टरमा नीजि यातायातलाई समेत सहयोग गर्न आह्वान गरेको छ । मस्जिद व्यवस्थापन समितीलाई स्लोगन बनाएर त्यसलाई प्रार्थना गर्ने बेला सबैले प्रयोग गर्नसमेत उनीहरुले पोष्टरमार्फत आग्रह गरेका छन् ।
स्वतन्त्र नहुञ्जेलसम्मका लागि आफूहरु लडाईंको मैदानमा उत्रिरहने भन्दै उनीहरुले पोष्टरलाई बिट मारेका छन् ।
स्थानीय पुलिसले पोष्टरको जाँच भइरहेको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण