संसारका यी शीर्ष कम्पनीसँग यति पैसा छ कि सुनेरै दङ्ग पर्नुहुनेछ तपाईं
सोमबार, १७ साउन २०७३, ११ : ५२
संसारको सबैभन्दा ठूलो सोसल नेटवर्किङ वेबसाइट फेसबुक र अनलाइन मार्केटमा सबैभन्दा ठूलो पकड राख्ने अमेजन, दुबै कम्पनीको बजार भाउ र सम्पत्ति यति धेरै छ कि यी दुबै संसारको ‘टप भ्यालु’ भएको कम्पनीमा समावेश भइसकेका छन् । यी कम्पनीले बर्कशायर हाथावेजस्ता शीर्ष कम्पनीलाई पनि पछि पारेका छन् ।
भखैरै जारी गरिएको संसारको सबैभन्दा धेरै मूल्य भएको कम्पनीमा अमेजन पाँचौं नम्बरको कम्पनी रह्यो भने फेसबुकले छैटौं स्थानमा आफ्नो कब्जा जमायो । पहिलो स्थानमा भने एप्पल र दोस्रो स्थानमा गुगल रहेको छ । यस्तैमा माइक्रोसफ्ट तेस्रो स्थानमा रहेको छ भने एक्सन मोबाइल चौथो स्थानमा सहन सफल भएको छ ।
सबै कम्पनीको सूची बजार भाउ अनुसार तय गरिएको छ । जस अनुरुप एप्पलको बजार भाउ ५६९.१ बिलियन डलरको आंकलन गरिएको छ भने गुगलको बजार भाउ ५३९ बिलियन डलर रहेको छ । तेस्रो स्थानमा रहेको माइक्रोसफ्टको बजार मूल्य ४४५.७ बिलियन डलर रह्यो भने इक्सन मोबाइलको बजार भाउ ३६६ बिलियन डलर हो ।
यस्तैगरी अमेजनले ३६५.८ बिलियन डलरका साथ पाँचौं स्थानमा चित्त बुझाउनु परेको छ भने फेसबुक ३५९.४ बिलियन डलरसँगै छैटौं स्थानमा रहेको छ । सातौं स्थानमा रहेको बर्कशायर हाथावेको बजार भाउ ३५५.६ बिलियन डलर रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण