बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गायिका अञ्जुसँग ‘प्रेम दिवस’ मनाउने अवसर !

बुधबार, १० माघ २०७४, १६ : ४८
बुधबार, १० माघ २०७४

काठमाडौं – गीत संगीत क्षेत्रकी मेलोडी क्वीन’ अञ्जु पन्तको फ्यानका लागि खुसीको खबर छ । फ्यानले यस पटक अञ्जुसँगै प्रेम दिवश अर्थात् ‘भ्यालेनटाइन–डे’ मनाउन पाउँनेछन् । 
१४ फेब्रुअरी अर्थात ‘भ्यालेनटाइन–डे’का दिन अञ्जु बागबारस्थित साया हेल्लो क्याफे गजलबारमा ब्याण्डसहित एकल साँझमा प्रस्तुत हुँदैछिन् । जहाँ उनले प्रेममय आफ्ना चर्चित गीतहरु प्रस्तुत गर्ने बताइएको छ । 
प्रेम, विछोड र जीवन संघर्षका गीतहरुका लागि पर्यावाची अञ्जुको सांगीतिक जीवनकै योे दोस्रो एकल साँझ हो । करिब दुई दशकको आफ्नो सांगीतिक यात्रामा यसअघि उनी केही महिनाअघि नेपाल प्रज्ञा प्रतिष्ठानमा एकल साँझमा प्रस्तुत भएकी थिइन् । जहाँ हजारौ श्रोता तथा दर्शकले अञ्जुप्रति अगाध प्रेम दर्साएका थिए ।
प्रेम दिवसको अवसरमा एकल साँझमा प्रस्तुत हुन पाउँदा निकै खुसी लागेको अञ्जुले बताइन् । ‘दर्शक तथा श्रोता मेरा लागि आर्दश हुन् । उनीहरुसँग प्रेम दिवश मनाउन पाउँदा खुसी छु ।’ अञ्जुले भनिन् । 
साया हेल्लो क्याफेमा यसअघि चर्चित गायक स्वरुपराज आचार्य, गायिका मिलन अमात्य, प्राश्ना शाक्यजस्ता गायक÷गायिकाले आफ्नो प्रस्तुती दिइसकेका छन् । अहिले पनि प्रत्येक शुक्रबार गायिका प्राश्ना प्रस्तुत हुँदै आएकी छन् । 
क्याफे  तथा गजलबारले सञ्चालनको सुरुवातबाटै गुणास्तरिय खाना र स्तरिय गीतसंगीतले ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । क्याफेका सञ्चालक रुल्ज गुरुङले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप