धूम–४ पछि अब नयाँ बन्ने यस फिल्ममा पनि सलमान खान बन्नेछन् ‘भिलेन’
मङ्गलबार, १८ साउन २०७३, १२ : ५९
अब्बास मस्तानको सुपरहिट फिल्म ‘रेस’ को तेस्रो संस्करणको तयारी सुरु भइसकेको छ । सस्पेन्स, थ्रिलर र एक्सनले भरपूर रहने यो फिल्मका निर्माता ‘टिप्स’ एक नयाँ अवधारणासहित आएको छ । खबरलाई मान्ने हो भने यो फिल्ममा सलमान खान भिलेनको रुपमा देखा पर्ने भएका छन् ।
स्रोतका अनुसार रेस थ्रीको स्क्रिप्टको तयारी सुरु भइसकेको छ । यद्यपी फिल्ममा को–को कलाकार हुनेछन् भन्ने बारे अझै जानकारी आएको छैन तर नायक सलमान खानलाई फिल्मको लागि ‘अप्रोच’ गरिएको र आफ्नो नेगेटिभ रोलका लागि सलमान निकै उत्साहित भएको बताइएको छ ।
स्मरण रहोस्, रेस र रेस टु दुबै सुपरहिट फिल्म थिए तर फिल्मका मेनलीड नायक सेफ अलि खान थिए । सेफ फिल्ममा नहुने भएका कारण सलमान खानले उनको स्थान लिने अनुमान स्रोतको छ ।
रेस थ्रीमा मात्र नभई सलमान खान धूम–४ र किक–२ मा पनि ‘भिलेन’ को भूमिकामा देखा पर्नेछन् । अहिलेको लागि हामीलाई रेस थ्रीको तर्फबाट आधिकारीक घोषणाको प्रतिक्षा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण