अब फेसबुकबाट पैसा पठाउन सकिने, यसरी उपयोग गर्न सकिन्छ यो सेवा
मङ्गलबार, १८ साउन २०७३, १३ : ५२
के तपाईं आफ्नो सोसल मिडिया वेबसाइट फेसबुक, स्न्यापच्याट र ह्वाट्सएपलाई यति विश्वास गर्नुहुन्छ कि आफ्नो पैसा ती वेबसाइटको भरोसामा छोड्नुहुन्छ ?
तपाईं सायद गर्नुहुन्न होला तर अमेरिकाका धेरैजसो मानिसहरु यसो गर्छन् ।
कम्तिमा पनि १८ वर्ष पुगेका मानिसले अब फेसुबकमार्फत पैसा पठाउन सक्छन् । यहाँ तपाईंले आफ्नो डेबिट कार्ड रजिस्टर गर्नुपर्ने हुन्छ । यसका लागि क्रेडिट कार्ड, पेपाल र प्रिपेड कार्ड स्विकार्य छैन ।
यद्यपी अहिले यो सेवा अमेरिकामा मात्र उपलब्ध छ । यसमा प्रयोगकर्ताले फेसबुक मेसेन्जरको ‘मोर’ अप्सनमा जानुपर्ने हुन्छ जहाँ डलरको आइकन बनेको हुन्छ ।
डलरको आइकनमा ‘पे’ बटन क्लिक गर्नुहोस् । तपाईंले यदि पेमेन्ट रिसिभ गर्नुहुन्छ भने सिधा एड कार्डमा जानुहोस् र अमेरिकी डेबिट कार्ड एड गर्नुहोस् । यसो गर्नुभयो भने पैसा सिधै तपाईंको खातामा जानेछ ।
थुप्रै सोसल मिडिया प्रयोगकर्ताका अनुसार उनीहरु ठगीका कारण यसो गर्नबाट डराउँछन् । एक महिला प्रयोगकर्ता केट इभान्सका अनुसार मेसेन्जरबाट पैसा ट्रान्सफर गर्नु ठिक हो तर यसमा ठगी हुने अत्यधिक डर हुन्छ ।
फेसबुकमा नक्कली अकाउन्ट बन्न निकै सजिलो छ जसमा धोका हुनसक्ने आशंका धेरेले गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण