बीयर पिउने जागिरः तलब ६९ लाख रुपैयाँ !
शुक्रबार, २१ साउन २०७३, ११ : ३९
यस्तो जागिरलाई तपाईं के भन्नुहुन्छ, जसले तपाईंलाई संसारभरीको सबै प्रकारको बियर निःशुल्क पिलाउँछ र तपाईंलाई वार्षिक ६४ हजार ६ सय पचार डलर अर्थात ६९ लाख १० हजार ८ सय २६ रुपैयाँ पारिश्रमिकसमेत दिन्छ । यदि तपाईं पनि यस्तै प्रकारको जागिरमा रुची राख्नुहुन्छ भने नेशनल म्युजियम अफ अमेरिकन हिष्ट्रिलाई आफ्नो बायोडाटा पठाउनुहोस् किनभने यो संग्रहालय देशभरीको बियर चाख्ने एक विशेषज्ञको खोजीमा छ ।
तीन वर्षको कन्ट्र्याक्ट रहेको यो जागिर संग्रहालयको फूड हिष्ट्रि प्रोजेक्टको एउटा हिस्सा हो जसको उद्देश्य अमेरिकामा निर्मित खानाको दस्तावेजीकरण र अध्ययन गर्नु हो । वासिङ्टन डीसिमा अवस्थित यो संग्रहालयले बियर उद्योगसँग परिचित र अनुसन्धान क्षमता भएको व्यक्तिको खोजी गरिरहेको छ ।
समाचार स्रोत एबीसी नेटका अनुसार ती भाग्यमानी हिस्टोरियनले बियर पिउनुका साथै लेख लेख्ने, पुराना सामग्रीहरुको संकलन गर्ने र खानालगायत पेय पदार्थको इतिहासको अनुसन्धान गर्नेलगायतका काम गर्नुपर्ने हुन्छ ।
संग्रहालय परियोजनाका प्रबन्धक सुसान इवेन्सका अनुसार, हज्जारौं मानिसहरुले जागिरको लागि आवेदन दिइसकेका छन् र यसको संख्यामा वृद्धि हुनसक्ने उनले अनुमान गरेकी छिन् ।
उनी भन्छिन्, ‘हामीले जागिरको लागि आह्वान गर्ने बित्तिकै यसले निकै हल्लाखल्ला मच्चाएको छ । यस्तो प्रकारको जागिरको सायद कसैले पनि अपेक्षा गरेका थिएनन् होला ।’
आबेदनको अन्तिम मिति यहि अगस्ट १० तारिखसम्म बताइएको छ ।
प्रतिस्पर्धा निकै कडा हुनसक्ने इवेन्सले बताएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण