५५ वर्षे अर्बपतीले १८ वर्षीया प्रेमिकासँग गरे विवाह, फोटो भाइरल
शुक्रबार, २१ साउन २०७३, १२ : १०
संसारमा धेरै अचम्मका विवाह भइसकेका छन् । तर रुसमा केही हप्ता अगाडि एउटा यस्तो विवाह भएको छ जसले निकै चर्चा बटुलिरहेको छ ।
भ्यालेन्टिनो इभ्यानोभ, ५५, ले आफ्नी १८ वर्षीया प्रेमिका मोडल एलिजाभेटा एडामेन्कोसँग विवाह गरेका छन् । इभ्यानोभ रसियाको सबैभन्दा ठूलो तेल कम्पनीका भूतपूर्व मालिक हुन् । उनीहरुको विवाह पुरानो बंगला चातियाउ सेन्ट जियान्नेटमा भएको बताइएको छ ।
एडामेन्को १४ वर्षको हुँदादेखि नै यी दुई प्रेमसम्बन्धमा रहेको स्रोतले बताएको छ । रुसमा १६ वर्षभन्दा कम उमेरकी महिलासँग कुनै प्रकारको सम्बन्ध आपराधिक हुन्छ ।
रसियन पब्लिकेसन रिपोर्टका अनुसार यी दुबैले ६ हप्ता अघि विवाह गरेका हुन् । बेहुली एलिजाभेटाले आफ्नो विवाहको लुगा वेरा व्यांगलाई डिजाइन गर्न दिएकी थिइन् जो संसारको सबैभन्दा चर्चित डिजाइनरमध्येका एक हुन् ।
यी दुबैको विवाहका तस्बिरहरु मोडलकी साथीले सोसल मिडियामा पोष्ट गरेकी थिइन् तर यसलाई अहिले डिलिट गरिसकेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण