बलात्कार अभियोगमा ‘पीपली लाइभ’ का सह–निर्देशकलाई ७ वर्षको जेल सजायँ
शुक्रबार, २१ साउन २०७३, १२ : ५६
चर्चित बलिउड फिल्म ‘पीपली लाइभ’ का सह–निर्देशक महमूद फारुकीलाई एक अमेरिकी छात्रामाथि बलात्कार गरेको आरोपमा ७ वर्षको जेल सजायँ सुनाइएको छ । दिल्ली कोर्टले उनीमाथि ८० हजार जरिवानासमेत लगाएको छ । कोर्टका अनुसार यदि फारुकीले जरिवाना नतिरे उनको सजायँ तीन महिना बढोत्तरी हुने बताइएको छ ।
सजायँ तोकिएलगत्तै उजुरीकर्ताका वकिलले फारुकीले आफ्नो घरमा खानाका लागि बोलाउँदै महिला छात्रामाथि बलात्कार गरेकोमा उनलाई धेरैभन्दा धेरै सजायँ पाउनुपर्ने माग गरेका छन् । वकिलका अनुसार उनले ‘मित्रता र विश्वास’ सँग विश्वासघात गरेका छन् ।
यता फारुखीका वकिलले भने दोषीले राम्रो आचरणको परिचय दिएको र पीडितालाई धाकधम्की दिने प्रयास नगरेको बताउँदै उनको सजायँमा केही कटौती गर्नुपर्ने माग राखे ।
अमेरिकी छात्रालाई बलात्कार गरेको आरोपमा ‘पीपली लाइभ’ का सह–निर्देशक दोषी ठहर
स्रोतका अनुसार फारुखीले पीडित महिलालाई २८ मार्च, २०१५ मा आफ्नो घरमा खाना खानका लागि बोलाएका थिए जहाँ उनले उनीमाथि बलात्कार गरेका थिए ।
पुलिसको आरोपपत्र अनुसार पीडिता निर्देशकको घरमा पौने ९ बजे पुगिन् जहाँ निर्देशक नशाले चुर भएका थिए । निर्देशकले पीडितालाई उनको कार्यालय भएको कोठामा जान आग्रह गरे जहाँ उनले पीडितालाई बलात्कार गरे । बलात्कार पछि पीडिता निकै डराएको पनि बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण