कुनै फिल्मको कथाभन्दा कम छैन ओबामा दम्पत्तीको ‘लभ स्टोरी’
शुक्रबार, २१ साउन २०७३, १३ : ४२
संसारको सबैभन्दा शक्तिशाली देशका राष्ट्रपति बराक ओबामा र उनकी श्रीमती मिशेलको ‘लभ स्टोरी’ कुनै फिल्मको कथाभन्दा कम छैन भन्दा फरक नहोला । दुबैको एक ‘ल फर्म’ मा भेट भयो, त्यसपछि यी दुबै प्रेममा परे र प्रेममा परेको केही समय पछि यी दुबैले विवाह गरे । आज यत्तिका वर्षसम्म पनि यी दुबैको जोडी एक उदाहरणीय जोडीको रुपमा रहन सफल भएको छ ।
विभिन्न स्रोतका अनुसार रोमान्टिक स्वभावका ओबामाले मिशेललाई धेरैपटक डेट गर्ने कोशिस गरे तर मिशेल सधैं यसमा आपत्ति जनाउँथिन् । ओबामाले निरन्तर प्रयास गरिरहँदा मिशेलको केही लागेन र अन्तमा उनीहरु प्रेम सम्बन्धमा बाँधिए । प्रेम सम्बन्धले तीन वर्ष पूरा गर्न नपाउँदै उनीहरुले सन् १९९२ मा विवाह गरिहाले ।
बराक ओबामा र मिशेलको भेट सन् १९८९ मा शिकागोमा भएको थियो । ओबामा र मिशेलले हावर्ड युनिभर्सिटीबाट कानुन पढे तर मिशेल एक वर्ष पहिले नै त्यहाँबाट पास आउट भएकी थिइन् । हावर्डमा दुबैको भेट हुन पाएको थिएन । आफ्नो स्नातक पछि मिशेलले शिकागोको एक ल फर्ममा काम गरिन् । त्यहीँ यी दुबैको भेट भयो ।
राष्ट्रपति चुनावका लागि मिशेलले आफूलाई आग्रह नगरेको भए आफू कहिले पनि यो स्थानमा आइ नपुग्ने ओबामा बताउँछन् ।
बराक र मिशेलको विवाह सन् १९९२ मा भयो । दुबैका दुई छोरीहरु छन् । एउटीको नाम मालिया हो भने अर्कीको शाशा ।
एक अन्र्तवार्तामा मिशेलले बताइन् कि ओबामा आज पनि निकै रोमान्टिक छन् । उनी समय हुनेबित्तिकै आफ्नो परिवारसँग गफ गर्न रुचाउँछन् । उनी परिवार सँगै रमाउने किसिमका व्यक्ति हुन् । यही कारणले ओबामाको धेरैजसो विदेश भ्रमणको क्रममा मिशेल उनको साथमा हुन्छिन् ।
मिशेल बराकको खुसी र दुख दुबै पलमा सहभागी देखिन्छिन् । तस्बिरमा हेर्नुहोस्, ओबामा दम्पत्तीका जीवनका केही रमाइला पलः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण