७ सयमा किनेको कुर्सी भित्र ७ लाखको हिरा भेटियो
शुक्रबार, २१ साउन २०७३, १६ : ५१
एक जोडीले ५ पाउन्ड (लगभग ७ सय रुपैयाँ) मा किनेको ‘पुरानो थोत्रो’ कुर्सीमा ५ हजार पाउन्ड (लगभग ७ लाख) बराबरको हिरा भेटेका छन् ।
एन्जेलन मिल्नर, ५० र उनका श्रीमान अंगस, ४७, ले लिलामीमा १० वर्ष अगाडि यो पुरानो कुर्सी किनेका हुन् ।
प्रुफरिडर एन्जेला भन्छिन्, ‘हामीले यो कुर्सीलाई ५ पाउन्डमा १० वर्ष अगाडि किनेका हौं । यहाँ कुकुर बसिराख्ने भएका कारण यो बिग्रदो स्थितीमा थियो ।’
‘मर्मत संभारको लागि पर्याप्त रकम नभएका कारण हामीले यसलाई थन्काएर राखेका थियौं । यो लगभग ६ वर्षजति काम नलाग्ने भएर थन्कियो, ’ उनी भन्छिन् ।
पछि यसलाई मर्मत संभार गरेपछि यो निकै राम्रो देखिएको उनले बताइन् । ‘त्यसको केही वर्षपछि मेरो श्रीमान्ले हाम्रो विवाहको वर्षगाँठमा हिराको औंठी उपहार दिए जुन उनले कुर्सीको तल्लो भागमा भेट्टाएका थिए,’ उनी भन्छिन् ।
त्यही वर्षको भ्यालेन्टाइन्स डेमा उनले पुनः मलाई हिराको टप उपहार दिए ।’
हिराका ती गहना कुर्सीको पूर्व मालिकको हुनसक्ने उनी बताउँछिन् । अंगसले ती हिराका गहना कुर्सीलाई मर्मत गर्दा भेटेको बताउँछन् । तर उनले रोमान्सको नाममा ती गहनालाई एन्जेलासँग लुकाए र क्रमशः एनिभर्सरी र भ्यालेन्टाइन्स डे मा उपहारस्वरुप दिए ।
एन्जेला भन्छिन्, ‘कुर्सीको मर्मत गर्दा मेरा श्रीमानले सोफाको कुसनलाई निकाल्ने काम गरेका थिए । त्यहाँ जम्माजम्मी तीन चारवटा पत्र निकाल्नुपर्ने थियो । अन्तिम पत्रमा हिराका ती गहना भेटिएका थिए ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण