अब एन्जेलिना जोली प्राध्यापक पनि, यो विश्वविद्यालयमा पढाउनेछिन्
सोमबार, २४ साउन २०७३, १० : ५७
लस एन्जेलिस । अभिनेत्री एन्जेलिना जोली वासिंगटाउनस्थित जर्जटाउन विश्वविद्यालयमा पढाउने खबर सार्वजनिक भएको छ । केही समय पहिले अभिनेत्री आफैंले उनी अगस्टदेखि डिसेम्बरसम्म एक प्रतिष्ठित लण्डन स्कूल अफ इकोनोमिक्स (एलएसई) मा पढाउने बताएकी थिइन् । एलएसई जर्जटाउन विश्वविद्यालयको एक अनुषंगी संस्थान हो ।
इन्डिपेन्डेन्ट डट को डट युकेका अनुसार जोली जर्जटाउन विश्वविद्यालयमा अतिथी प्राध्यापकको रुपमा आबद्ध हुँदैछिन् ।
उनले पूर्व विदेश सचिव विलियम हेगलाई विश्वविद्यालयमा प्राध्यापकको रुपमा सहयोग गर्नेछिन् । उनले त्यहाँ महिला, शान्ती र सुरक्षाका विषयमा स्नातकोत्तर तहका विद्यार्थीलाई पढाउनेछिन् ।
उनी भन्छिन्, ‘स्नातकोत्तर तहमा यस्ता प्रकारका विषयवस्तु राख्नाले म निकै प्रोत्साहित भएकी छु । यस्तै किसिमका प्रोग्राम अरु शैक्षिक संस्थाले पनि लागु गर्ने कुरामा म आशावादी छु । ’
‘सरकारी संस्थामा र युएनको प्रोजेक्टमा काम गरेको अनुभवलाई आधार बनाएर विद्यार्थीहरुलाई यस विषयमा पढाउनेछु र उनीहरुबाट पनि केही सिक्ने आशा राखेकी छु, ’ जोली भन्छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण