गौरिकाको स्विमसुट च्यातिँदासमेत हिट चरणमा विजयी
सोमबार, २४ साउन २०७३, १२ : ४१
रियो दे जेनेइरो । रियो ओलम्पिक्सकी कान्छी प्रतिस्पर्धी नेपालकी गौरिका सिंहको रेस सुरु हुनुपूर्व स्विमसुट च्यात्तिएको खबर सार्वजनिक भएको छ ।
च्यात्तिएकै स्विमसुट लगाएरै पनि उनले आफ्ना दुई प्रतिद्वन्दीलाई हिट चरणमा उछिनेकी छिन् ।
१३ वर्ष २५५ दिनकी सिंह ओलम्पिक्समा भाग लिएका १० हजारभन्दा बढि एथलेट्समध्येकी कान्छी हुन् ।
लण्डनमा पढिरहेकी गौरिकाले आफ्नो नियमित कोच रिज गोर्मलेलाई रियोमा उपस्थित गराउन नसकेका कारण उनले उक्त दुर्घटनाबाट कसरी बच्ने भनी मोबाइलमार्फत सोधेको इन्डियनएक्सप्रेसले बताएको छ ।
‘उनले मलाई उक्त अवस्थामा गर्नुपर्ने कार्यहरु मेसेजमार्फत निर्देशन दिइरहेका थिए, ’ गौरिकाले वल्र्ड प्रेसलाई दिएको अन्र्तवार्तामा बताइएको छ ।
‘रेस सुरु हुनुपुर्व मेरो सुट च्यातियो त्यसकारण मैले त्यसलाई चेन्ज गर्ने कि नगर्ने भनेर मेरो कोचलाई सोधें । मैले च्यातिएको भागलाई माथि तान्न खोजिरहेको थिएँ, त्यतिबेलै मेरो नङ त्यहाँ अड्कियो ।’
स्विमसुट परिवर्तन गरिसकेपछि उनले आफ्नो हिटको तीन जनालाई उछिनेकी छिन् । तर महिलाको १०० मिटरको ब्याकस्ट्रोकमा केही प्रगती भने गर्न सकिनन् ।
‘बोर्डमा मेरो समय हेर्दाको क्षण म निकै अचम्ममा परेको थिएँ,’ उनले भनिन् ।
गौरिका दुई वर्षको हुँदा नै उनी बेलायत गएकी थिइन् । विनाशकारी भूकम्पका बेला उनी काठमाडौंमै रहेको बताइएको छ । उनी त्यतिबेला पाँचतल्ले घरमाथि भएको र भूकम्पबाट बच्नका लागि उनी टेबलमुनी लुकेको बताएकी छिन् ।
‘विनाशकारी भूकम्पबाट बाँच्न सफल भएकोमा म धेरै खुसी छु । यहाँ आउनु र देशलाई गौरवान्वित तुल्याउनु मेरो लागि सबैभन्दा ठूलो कुरा हो,’ गौरिकाले भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण