पहिलो पटक चन्द्रमामा जाँदैछ एक प्राइभेट कम्पनी
सोमबार, २४ साउन २०७३, १५ : ३५
चन्द्रमामा जानको लागि पहिलो पटक एक प्राइभेट मिसन सुरु हुने भएको छ । यो मिसनमार्फत अन्तरिक्षमा कोलोनी बनाउने कार्य सुरुवात हुँदैछ ।
द इन्डिपेन्डेन्टको रिपोर्ट अनुसार अमेरिकी सरकारले फ्लोरिडाको एक प्राइभेट कम्पनीलाई पृथ्वीको कक्षाभन्दा बाहिर चन्द्रमासम्म स्पेसक्राफ्टलाई पठाउने अनुमती दिएको छ ।
यस मिसनमा संलग्न कम्पनी, मून एक्सप्रेस, ले वासिङ मेसिन साइजको एक रोभरलाई चन्द्रमासम्म पठाउने आशा लिएको छ जुन चन्द्रमाको सतहमा फाल हाल्न सक्नेछ । फायरिंग इन्जिन पाङ्ग्रामा घुम्नुको साटो यसको चारैतर्फ फाल हाल्नेछ ।
‘यदि तपाईं उड्न सक्नुहुन्छ भने किन घस्रने ?’ मून एक्सप्रेसका सिइओ बब रिचर्डले भने ।
मून एक्सप्रेसले आफ्नो शिपलाई आउँदो वर्ष अवतरण गर्न सक्छ जसले न्यूजिल्याण्डबाट उडान भर्नेछ ।
यसलाई जुन रकेटमार्फत पठाइन्छ त्यसको अहिलेसम्म परिक्षण गरिएको छैन । रिपोर्टका अनुसार कम्पनीलाई प्राविधिक रुपमा उडान भर्नका लागि अहिलेसम्म लाइसेन्स दिइएको छैन । तर सरकारको तर्फबाट यसले केही पनि हानी नगर्ने प्रमाणित गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण