उच्च रक्तचापलाई बिना औषधी यसरी उपचार गर्नुहोस्
मङ्गलबार, २५ साउन २०७३, ११ : ००
उच्च रक्तचाप भएकाहरुलाई आफ्नो रक्तचापमा कसरी कमी ल्याउने भन्ने कुराले पिरोलिरहेको हुन्छ । जसका कारण उनीहरु औषधीको सेवन गर्दछन् । रक्तचाप कम हुने वा बढ्ने यो विषय तपाईंको जीवनयापनसँग सम्बन्धित छ ।
यदि तपाईंले आफ्नो जीवनशैली परिवर्तन गरेर आफ्नो रक्तचापलाई नियन्त्रणमा ल्याउन सक्नुहुन्छ भने तपाईंले पक्कै पनि औषधीको सेवन गर्नुपर्दैन ।
सकारण आफ्नो जीवनशैलीलाई यसरी परिवर्तन गर्नुहोस् जसले गर्दा तपाईंको रक्तचापमा कमी आउँछ र तपाईं स्वस्थ जीवन जिउनसक्नुहुन्छ ।
आफ्नो अतिरिक्त तौल घटाउनुहोस्ः
तपाईंको तौल बढेसँगै तपाईंको रक्तचापमा पनि वृद्धि हुने सम्भावना दोब्बर हुन्छ । ४.५ केजी तौल घट्दा मात्र पनि तपाईंको रक्तचापमा चमत्कारिक रुपमा कमी आउँछ । तपाईंले रक्तचाप घटाउन औषधीको प्रयोग गरिसक्नुभएको छ भने पनि तौल घटाउँदा तपाईंले खाएको औषधीले विशेष रुपमा काम गर्न सहयोग गर्छ । आफ्नो तौल निर्धारण गर्न तपाईंले डाक्टरको सल्लाह पनि लिन सक्नुहुन्छ ।
स्वस्थ खाना खानुहोस्ः
आफ्नो खानामा गेडागुडी, फलफुल, हरियो सागपात, फ्याट कम भएका डेरी उत्पादनहरु समावेश गर्नुहोस् । तालिका बनाएर खाना खाने गर्नुहोस् । पोटासियम बढि भएका खानेकुराहरु खानुहोस् । सप्लिमेन्टको सट्टा फलफुल र तरकारी खानुहोस् ।
सोडियमको प्रयोग घटाउनुहोस्ः
यदि तपाईंले आफ्नो खानामा सोडियमको मात्रा अलिकति मात्र पनि कम गर्नुभयो भने तपाईंको रक्तचाप २ देखि ८ एमएम एचजी घट्नेछ । एक दिनमा २ हजार ३ सय मिलिग्राम सोडियममात्र खानुहोस् । खानामा नुनको मात्रालाई पनि कम गर्नुहोस् । प्याक गरेका खानेकुराको लेबल पढ्नुहोस् र जसमा कम सोडियम छ त्यो मात्र छान्नुहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण