लाखौंको गहना लगाएको बिरालो फरार, खोजी गर्न पूरा गाउँ उर्लियो
मङ्गलबार, २५ साउन २०७३, ११ : १४
भारतको सबैभन्दा ठूलो राज्य राजस्थानमा एउटा निकै अचम्मको घटना सार्वजनिक भएको छ । गहनाले पूरै ढाकिएको बिरालो फरार हुँदा एक परिवारका सदस्य चिन्तामा परेका छन् ।
तपाईंलाई अचम्म लाग्यो होला गहना लगाएको बिरालोबारे यहाँ कुरा गर्दा । यस घटना पछाडि यस्तो कथा छ ।
इन्डियालाइभ टुडेका अनुसार फूलारामकी श्रीमती र उनका छोरीछोरीहरु घरभित्र खेलिरहेका थिए । खेल्ने क्रममा उनीहरुले आफ्नो पाल्तु बिरालोलाई भएभरका गहना लगाइदिएर फोटोसेसन गर्ने सोच बनाए ।
‘बिरालोलाई श्रृङ्गार गर्न भन्दै ती आमाले आफ्नो नेकलेस, नथ्थी र अरु गहना लगाइदिइन्,’ नाम नबताउने सर्तमा एक गाउँलेले भने । बिरालोलाई आफ्ना भएभरका गहनाले ढाकेपछि उनीहरु फोटो खिच्न तयार भए ।
एक दुईवटा फोटो पनि खिचियो तर सुनको गहनाले सजिसजाउ बिरालो घरबाट फोटोसेसनको क्रममा एक्कासी भाग्यो ।
‘हामीलाई उक्त घटनाबारे थाहा भयो र बिरालोलाई खोज्नका लागि पूरै गाउँ उर्लिएको छ तर कतै पनि पाउन सकिएको छैन । बिरालो पातलो हावामा बिलाएझैं भएको छ,’ अर्का एक गाउँलेले थपे ।
फूलारामले पुलिसलाई यसबारे जानकारी गराइसकेको बताइएको छ । पुलिसका अनुसार गहनाको लोभले बिरालोलाई कसैले समातेर राखेको हुनुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण