फेसबुकमा अपमानजनक पोष्ट गर्नेलाई १ करोड ६० लाख जरिवाना !
मङ्गलबार, २५ साउन २०७३, १२ : ०५
अष्ट्रेलियामा एक व्यक्तिले फेसबुकमा अपमानजनक सामग्री पोष्ट गरेका कारण अदालतले १,५०,००० डलर (१ करोड ६० लाख रुपैयाँ) को जरिवाना तोकेको छ । उक्त फेसबुकमा पोष्ट गरिएको आक्षेपले एक होटल मालिकको जिन्दगी बर्बाद भएको थियो ।
मार्च २०१४ मा इलेक्ट्रिशियन डेभिड स्कटले फेसबुकमार्फत ‘ब्लू डल्फिन मोटेल’ का मालिक रोथलाई पेडोफाइल (बच्चामाथि यौन आकर्षित हुने व्यक्ति) को आरोप लगाएका थिए ।
जसका कारण रोथले दुईपटक ज्यान मार्ने धम्की पनि पाए । यही फेसबुक पोष्टका कारण उनको फोनमा अनेकौं अपरिचित नम्बरका घण्टी बज्न थाले । यति मात्र होइन उनलाई अज्ञात समूहले हमला गर्दा ६ महिना हस्पिटलसमेत बस्नुपर्यो भने उनको परिवारले आफू बस्ने स्टेट नै परिवर्तन गर्नुपर्यो । उनको जीवनको दुर्दशा यतिमा मात्र अन्त्य भएन, धम्कीका कारण उनले ब्यापार बिजनेस पनि छोड्नुपर्यो ।
यता डेभिड स्कटले आफू एक बुवा पनि भएको नाताले समूदायलाई चेतावनी दिने आफ्नो कर्तव्य भएको भन्दै आफ्नो बचाउ गरे ।
न्यायाधिस जुडिथले डेभिडलाई १ लाख ५० हजार डलर जरिवाना तोकेका छन् ।
धेरै मानिसले डेभिडमाथि तोकिएको जरिवाना अपुग भएको बताउँदै रोथलाई हमला गर्ने समूह र उनलाई बेकारमा फोन गर्ने व्यक्तिहरुलाई पनि सजायँ दिनुपर्ने माग राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण