रियो ओलम्पिकमा ‘बिकिनी Vs हिजाब’, संसारभरी भाइरल भए तस्बिर
मङ्गलबार, २५ साउन २०७३, १४ : १४
रियो ओलम्पिकमा सांस्कृतिक विभाजनको यो तस्बिर संसारभरी चर्चाको विषय बनेको छ । जर्मनी विरुद्ध बीच भलिबल खेल्ने उत्तरी इजिप्टका महिला खेलाडी पूरा शरिर ढाक्ने पहिरनमा देखिएका थिए । यो म्याचको हरेक दृश्य ओलम्पिकको चर्चित कहानीको रुपमा खडा भएको छ ।
टाउकोसमेत हिजाबले छोपेका नाडा मियावाड र डोआ इल्गोब्यासीले खेल्ने क्रममा लगाएको पहिरन जर्मनी प्रतिद्वन्दी लाउरा लुड्विग र किरा वाकेनहोर्सटको टु पिस बिकिनीभन्दा निकै फरक थियो ।
इन्टरनेसनल भलिबल फेडेरेसनले यस खेलको लागि ड्रेस कोड तय गरेको थियो तर सन् २०१२ को ओलम्पिकमा खेलका लागि पूरा बाउला भएका लुगा र लेगिंग लगाउने अनुमती दिइएको थियो ।
इजिप्टका खेलाडीले रिपोर्टरलाई बताए, ‘म १० वर्षदेखि हिजाब लगाइरहेकी छु तर यसले मलाई ती कुराहरुबाट टाढा राख्न सक्दैन जसलाई म माया गर्छु र बीच भलिबल योमध्ये एक हो ।’
इल्गोब्यासीले भनिन्, ‘मलाई गर्व छ कि म एउटा यस्तो देशमा आफ्नो झण्डा फहराइरहेकी छु जसमा संसारका थुप्रै देशहरु उपस्थित छन् ।’
दुबै समूहका यी तस्बिरहरु संसारभरको मिडियामा छाइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण