२० वर्षपछि दुई सुपरस्टार एकसाथ, तहल्का मच्चिने अनुमान
मङ्गलबार, २५ साउन २०७३, १४ : ५१
बलिउडमा यस्ता केही जोडीहरु छन् जसको बारेमा सुनरै मजा आउँछ । यस्तै एक जोडी छ संजय दत्त र माधुरी दिक्षितको । यद्यपी दुबैले धेरै फिल्म त खेलेका छैनन् तर जतिपनि खेले त्यसमा उनीहरुको केमेष्ट्री गज्जबको देखियो ।
फिल्म ‘थानेदार’, ‘साजन’ र ‘खलनायक’ त्यस्ता तीन फिल्म हुन् जसमा उनीहरुको केमेष्ट्रिले प्रशंसकहरुलाई आकर्षित गर्न सफल भएको थियो ।
खबर यहाँसम्मको थियो कि माधुरी दीक्षित र संजय दत्त निकै नजिकका साथी बनिसकेका थिए तर सन् १९९३ को मुम्बई ब्लाष्टले उनीहरुबिच सबै कुरा परिवर्तन गरिदिएको थियो । विधु विनोद चोपडाले ‘मार्को भाऊ’ नामक फिल्मका लागि माधुरी दीक्षितलाई अप्रोच गरिरहेका छन् ।
यतिमात्र होइन, माधुरी दीक्षितले विधुको फिल्म ‘परिन्दा’ मा काम गरिसकेकी छिन् त्यसकारण फिल्मको लागि माधुरीको सकारात्मक उत्तर आउने अनुमान गरिएको छ ।
विधु विनोद धेरैजसो विवादास्पद मानिसहरुलाई पर्दामा ल्याउने गर्दछन् । यस्तोमा मार्को भाउका लागि उनको यो तरिका कत्तिको काम लाग्नेछ त्यो भने हेर्न बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण