सपनाको सबैभन्दा राम्रो पलभन्दा ठिक अगाडि हामी किन ब्यूँझन्छौं ?
मङ्गलबार, २५ साउन २०७३, १५ : ३९
के तपाईंले कहिले सोच्नुभएको छ, कुनै मिठो सपना देखिरहेका बेला त्यो सपनाको सबैभन्दा राम्रो पल नजिक आउँदा तपार्ईंको आँखा किन खुल्छ ? यसबारे धेरै मानिसहरुलाई यसको कारण थाहा छैन । सपनाको सबैभन्दा राम्रो पललाई हामी किन मिस गर्छौं भन्ने बारे आज हामी तपाईंलाई बताउँदैछौं ।
सपनाको सबैभन्दा राम्रो पलको आसपास पुग्दा निन्द्रा टुट्दा हामी सबैलाई रिस उठ्छ । यसलाई ल्यूसिट ड्रिम भनिन्छ । सबैभन्दा राम्रो पल आउनै लाग्दा हाम्रो धड्कन बढ्छ । सपनामै पनि हामी त्यो पलमा जान आतुर हुन्छौं तर धड्कन बढेका कारण हाम्रो आँखा खोलिहाल्छ ।
सपना देखिरहेका बेला हामी यस्तो पलको करिब पुग्दा हामी विपरित लिङ्गीलाई आफ्नो अगाडि पाउँछौं । यस्तो प्रकारको स्थिती ६० प्रतिशत सपनामा हुन्छ । यसको पछाडि वैज्ञानिक कारण पनि रहेको छ ।
क्योरा वेबसाइट प्रयोग गर्ने रोस केल्विनले यो विषयमा अनुसन्धान गरेका छन् । उनका अनुसार सपनाको क्रममा हाम्रो दिमागमा आरइएम र एनआरइएम नामको हलचल हुन्छ । कुनै सपना पूरा हुनैलाग्दा हाम्रो आरइएम (र्यापिड आई मुभमेन्ट) सक्रिय हुन्छ । यही कारणले हाम्रो आँखा खुल्छ ।
एनआरइएम (नन– र्यापिड आई मुभमेन्ट) को क्रममा हामी कम महत्वपूर्ण सपना निकै सजिलै देख्छौं । एनआरइएमको दौरान दिमाग धेरै सक्रिय हुँदैनन् जसका कारण हामी कम महत्वपूर्ण सपनालाई तुरुन्त बिर्सने गर्दछौं । तर आरइएम भएका कारण धेरै महत्वपूर्ण सपना अधुरै हुँदा रिसाउने गर्दछौं ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण