बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अभिनेत्री प्रियंका कार्की म्युजिक भिडियोमा व्यस्त

बिहीबार, ११ माघ २०७४, १२ : ०८
बिहीबार, ११ माघ २०७४

काठमाडौं – पछिल्लो समय अभिनेत्री प्रियंका कार्की म्युजिक भिडियोमा पनि लगातार देखिन थालेकी छन् । यस्तैमा अभिनेत्री प्रियंका अभिनित अर्काे ‘माछीले खाने खोलीको लेऊ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । 
भिडियोमा अभिनेत्री प्रियंकाको अलवा कार्टुन्ज क्रुका आश्मा विश्वकर्मा र सरोज अधिकारीको समेत अभिनय देख्न सकिन्छ । लामो समयपछि प्रियंका, आश्मा र सरोज एकसाथ म्युजिक भिडियोमा देखिएका हुन् ।
यसअघि चलचित्र पुरानो डुंगाको ‘नीर जैले रिसाउने’ बोलको गीतमा उनीहरुले सँगै अभिनय गरेका थिए ।
सार्वजनिक भिडियोमा प्रियंका, आश्मा र सरोजको त्रिकोणात्मक प्रेमलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ । कविराज गहतराजले कोरियोग्राफी रहेको भिडियोको छायांकन सुदिप बरालले गरेका हुन् । मेलिना राई र सरोज ओलीको आवाजमा रहेको गीतमा बसन्त सापकोटाको संगीत र दिनेश थपलियाको शब्द रहेको छ ।
गीत सार्वजनिक सँगै भिडियोको लागि कभर डान्स प्रतियोगिता पनि सार्वजनिक गरिएको छ । 
मार्च अन्तिमसम्म खुलेको प्रतियोगिताको बिजेताले १ लाख रुपैयाँ पुरस्कार पाउने प्रस्तुतकर्ता शुभ मिडिया होमले जानकारी दिएको छ । 
यस मिडियाको यसअघि आएको गीत ‘जता जता पिरतीको बाटो’को कभर डान्स प्रतियोगिताको बिजेता पोखराको ‘क्रिस्टल क्लज डान्स गूप’लाई १ लाख रुपैयाँ प्रदान गरिएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप