भारतमा रेलभित्रको सबैभन्दा ठूलो चोरीः गुडिरहेको रेलबाट ९ करोड गायब
बिहीबार, २७ साउन २०७३, १२ : ३९
साउन २७ तमिल नाडु – भारतको तमिल नाडुमा अनौठो चोरी भएको छ । चोरहरुले गुडिरहेको रेलबाट ९.२ करोड बराबरको पूरानो नोट चोरी गरेका छन् । रेलभित्र राखिएका २ सय बाकस पूरानो र बिग्रिएको बैंकका नोटलाई रेलको छानोमा प्वाल पारेर चोरिएको बताइएको छ ।
चोरहरु रेलभित्रै लुकेका थिए वा उनीहरु रेल गुडिरहेकै बेला त्यहाँ पसेका थिए भन्ने बारे पुलिसहरु अझै निश्चित हुन सकेका छैनन् ।
सालेम टाउनदेखि चेन्नईसम्मको यात्रामा रहेको रेलबाट सोमबार रातीदेखि मंगलबार बिहानसम्मको समयमा भएको चोरीमा ६ देखि ७ जनाका लूटेरा हुनसक्ने अनुमान पुलिसले गरेको छ ।
सुरक्षाको घेरामा रहेका ती रकम भारतको सेन्ट्रल बैंक, रिजर्भ बैंक अफ इन्डियाको स्वामित्वका हुन् । यसलाई चेन्नईमा नष्ट गर्न लगिएको थियो । चेन्नई पुगेपछि जब उनीहरुले आधिकारीक छाप फुटाए तब पैसाको बाकसलाई फुटाइएको र रेलको छानो काटिएको पाए ।
‘रेलमा कुनै किसिमको आवाज आएको थियो थिएन भन्ने बारे हामीले रेलको सुरक्षागार्ड र पुलिस अधिकारीसँग कुराकानी गरिरहेका छौं, ’ प्रहरी अधिक्षक पी. विनयकुमारले एफपीलाई बताए ।
रेल चेन्नईमा राखिएको र यस विषयमा अनुसन्धान जारी रहेको बीबीसीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण