बराक हुसेन ओबामा आइएसआइएसका संस्थापक हुन्ः डोनाल्ड ट्रम्प
बिहीबार, २७ साउन २०७३, १५ : ०३
गणतान्त्रिक राष्ट्रपतीय चुनावका उम्मेद्वार डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति बराक ओबामालाई इस्लामिक स्टेटको संस्थापक भएको आरोप लगाएका छन् ।
ट्रम्पले फ्लोरिडको फोर्ट लडरडेलमा भएको प्रचार र्यालीको क्रममा उनले राष्ट्रपति ओबामालाई अरु थुप्रै विषयमा राष्ट्रपति ओबामा सम्मान गर्ने बताउँदै उनीमाथि यस्तो आरोप लगाएका हुन् ।
‘आइएसआइएसले ओबामालाई सम्मान गर्दैछ,’ ट्रम्पले भने । ‘उनी आइएसआइएसका संस्थापक हुन् । उनले नै आइएसआइएसलाई जन्माएका हुन् । र यसका सह–संस्थापक हुन् धुर्त हिलारी क्लिन्टन ।’
पूर्व रियालिटी टीभी स्टार ट्रम्पले ओबामालाई उनको पूरा नाम ‘बराक हुसेन ओबामा’ भनी सम्बोेधन गर्दै उनी आइएसआइएसका संस्थापक भएको दाबी बारम्बार दोहोराए ।
ट्रम्पले इराकबाट अमेरिकी सैनिकलाई फिर्ता बोलाउने ओबामाको घोषणालाई कडा आलोचना गरे । ओबामा थुप्रै आलोचकको भनाई अनुसार यो निर्णयले एउटा यस्तो अस्थिरता पैदा गरेको छ जसमा आइएसजस्ता चरमपन्थी समूह फैलिरहेको छ ।
ह्वाइट हाउसले ट्रम्पको आरोपमा टिप्पणी गर्न अस्विकार गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण