बढी पर्यटक आउनुपर्ने सूचीमा नेपाल तेस्रो स्थानमाः नेशनल जियोग्राफिक
शुक्रबार, २८ साउन २०७३, १० : ५६
नेशनल जियोग्राफिक पत्रिकाले नेपाललाई बढी पर्यटक आउनुपर्ने सूचीको शीर्ष १० स्थानभित्र समावेश गरेको छ । बेलायतको यात्रासम्बन्धी चर्चित पत्रिकाको जुन महिनाको अंकमा नेपाललाई तेस्रो स्थान प्रदान गरेको छ ।
नेपालमा अहिलेको अवस्थाः
‘साहसीक यात्रामा चाख राख्ने यात्रीलाई नेपालले धेरै पहिलेदेखि आकर्षित गरिरहेको छ तर गत वैशाखको विनाशकारी महाभूकम्पले थुप्रै स्थानहरुमा क्षती पुर्याएको छ । जसका कारण यहाँको पर्यटन व्यवसाय तहसनहस भएको छ,’ यसले लेख्छ ।
युनेस्केमा सुचिकृत काठमाडौंको दरबार स्क्वायरमा आंशिक रुपले क्षती पुगेको छ भने काठमाडौंको अर्को प्रतिष्ठित संरचना ‘धरहरा’ पनि ढलेको छ ।
अहिले जानुपर्ने किन ?
उक्त पत्रिकाका अनुसार नेपालका मानव निर्मित संरचना त भत्किएका छन् तर यहाँका हिमाल, पहाड, खोलानाला अझै पनि उस्तै छन् । ‘ऐतिहासिक अन्नपूर्ण सर्किट, हिऊँ फुलेका हिम श्रृङ्खलाले अहिले पनि पर्यटकहरु बोलाइरहेका छन्,’ पत्रिकाले लेखेको छ ।
गत वर्ष पनि बेलायती यो पत्रिकाले आफ्नो ‘कूल लिष्ट–२०१६ࢉ’ मा संसारभरिका १६ सुन्दर स्थानमध्ये नेपाललाई छैटौं स्थानमा राखेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण