चिडियाघरका कर्मचारीलाई चितुवाको आक्रमणबाट बाघले यसरी बचायो
मङ्गलबार, ३२ साउन २०७३, १० : ४३
एउटा बाघले चिडियाघरका एक कर्मचारीलाई चितुवाको आक्रमणबाट बचाएको छ ।
एड्वारर्डो सेरियो सिंहको एक समूहसँग ब्ल्याक जाग्वर ह्वाइट टाइगर नामक चिडियाघरमा खेलिरहेका थिए । त्यतिबेलै उनलाई पछाडिबाट एक चितुवाले आक्रमण गर्नको लागि दौडदैं आयो ।
धर्मा नामक चितुवा चिडियाखानाका कर्मचारी विरुद्ध एक्कासी जाइलाग्न थाल्यो । उनी आफू पछाडिको खतरासँग अनभिज्ञ थिए ।
तर त्यसको केही सेकेन्डमा नै अज्तलान नामक बाघले धर्मामाथि आक्रमण गर्दै ती कर्मचारीलाई आक्रमण गर्नबाट रोक्यो ।
मेक्सीको सिटीस्थित बिग क्याट जु मा खिचिएको यो नाटकीय क्लिपलाई सन् २०१५ मा युट्युबमा हालियो । यसको टाइटल "The Kids Playing. Aztlan Saved Me From Dharma's Attack." रहेको छ ।
रेडिटमा पोष्ट गरिएपछि यो फुटेज निकै भाइरल भएको छ ।
तर कोही व्यक्तिले भने उक्त बाघले सेरियोलाई बचाएको भन्नेमा शंका जताएका छन् ।
म्याभिन मार्कले युट्युबमा लेखेका छन्, ‘मूर्ख नहुनुहोस् । अज्तलान नामक त्यो ठूलो बाघले एउटा मानिसलाई नियतवश बचाएको होइन । त्यो चितुवाजस्तै खेल्न चाहन्थ्यो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण