बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

मृत्युवरण गर्नु केही घण्टा अघिमात्र पाँच वर्षीयाले गरिन् ‘बेष्ट फ्रेन्ड’ सँग विवाह

आइतबार, २६ भदौ २०७३, १६ : ५७
आइतबार, २६ भदौ २०७३

म्यारी म्यासे सधैं एउटा सपना देख्थिन्, आफ्नो सबैभन्दा मिल्ने साथी ड्यामियनसँग विवाह गर्नु, उनको परिवारले बतायो ।

सिस्टिक फिब्रोसिस र क्रोनिक निमोनियाबाट ग्रसित यी पाँच वर्षीया बालिकाले आफू दुई वर्षको हुँदा नै प्रिय साथीसँग विवाह गर्ने प्लान बनाएकी थिइन् ।

त्यसकारण टेक्ससस्थित क्रुक चिल्ड्रन अस्पतालले जब ती बालिकाको परिवारलाई उनको ब्रिग्रँदो स्वास्थ्यस्थितीका कारण धेरै नबाँच्ने बताए तब परिवारका सबै सदस्य उनको सपना साकार गर्न लागिपरे, डब्लूएफएएलाई उदृत गर्दै डेली मेलले बतायो ।

गत बिहिबार बेलुका म्यारीलाई उनको सपनाको विवाह साकार गर्ने मौका दिइयो । उनले पाँच वर्षीया ड्यामियनसँग ‘मिकी र मिनी माउस’ को औंठी लगाएर विवाह गरिन् ।

म्यारीले खैरौ रङको प्रिन्सेस ड्रेससँगै गुलाबी रङको क्राउन लगाएकी थिइन् भने ड्यामियनले सुट लगाएकी थिइन् ।

यो जोडीले मिकी र मिनी माउस चित्र अंकित केकको खुब मज्जा पनि लिए ।

चट्ट लुगा लगाएर एक अर्काको हात समातेर म्यारीको अस्पतालको बेडमा उनीहरु सुतिरहेको तस्बिर कैद गरिएको छ ।

विवाह गरेको ६ घण्टा नबित्दै शुक्रबार बिहानै म्यारीको उनको आमाको काँधमा मृत्यु भयो ।

म्यारीको आउँदो सेप्टेम्बर १४ तारिखमा अन्तिम संस्कार गरिने उनको परिवारले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप