प्रतिपक्ष सांसदले बोलेको विषयमा सत्तापक्षको आपत्ति
सारांश
- प्रतिनिधि सभा बैठकमा सांसदहरूले एकअर्काको अभिव्यक्तिप्रति आपत्ति जनाउने क्रम बढेको छ ।
- कांग्रेस सांसद चन्द्रमोहन यादवले रास्वपासँग नाभि नकाटिएको टिप्पणी गर्दा रास्वपा सांसद गणेश कार्कीले आपत्ति जनाए ।
- एमाले सांसद यशोदाकुमारी बरालको 'छाडातन्त्र' शब्दमा रास्वपा सांसद इन्दिरा रानामगरले आपत्ति जनाएकी छन् ।
काठमाडौँ । प्रतिनिधि सभा बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदले बोलेको विषयलाई लिएर आपत्ति जनाउने क्रम बढेको छ । बुधबारको बैठकमा नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवको अभिव्यक्तिप्रति रास्वपाका सांसद गणेश कार्कीले आपत्ति जनाएका छन् ।
त्यसैगरी एमाले सांसद यशोदाकुमारी बरालको अभिव्यक्तिलाई लिएर इन्दिरा रानामगरले आपत्ति जनाइन् ।
बैठकमा बोल्दै सांसद यादवले रास्वपासँग तपाईँको नाभि अझै काटिएको छैन भनी टिप्पणी गर्दै सभामुखको भूमिकामा प्रश्न उठाएका थिए । साथै उनले प्रधानमन्त्रीको विवादित अभिव्यक्तिबारे सभामुखले कुनै कदम नचालेको गुनासो गरे ।
यादवले बोलेलगत्तै रास्वपा सांसद कार्कीले प्रतिनिधि सभाको नियमावली २१ को ख हेर्न आग्रह गरे । उनले सभामुखको आचरणमाथि प्रश्न उठाएको भन्दै आपत्ति जनाउँदै रेकर्डबाट हटाउन माग गरे ।
कार्कीले आपत्ति जनाएलगत्तै सभामुखले पनि यादवको भनाइप्रति आफ्नो ध्यानाकर्षण भएको बताए । उनले भने, ‘उहाँले बोल्नुभएको शब्दप्रति मेरो ध्यानाकर्षण भएको छ। नियमावलीको नियम २१ तर्फ ध्यानाकर्षण गराउँछु ।’
त्यस्तै रास्वपा सांसद रानामगरले बरालले छाडातन्त्र मौलाएको भन्ने शब्दप्रति आपत्ति जनाइन् । रानामगरले भनिन्, ‘अशिष्ट शब्द प्रयोग गर्नुभएको छ त्यो रेकर्डबाट हटाउन माग गर्दछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाजुराको लाम्पाटामा हेलिकाेप्टरबाट पठाइयो सशस्त्रको बन्दोबस्ती सामान
-
सरकारका गतिविधिले लोकतान्त्रिक मूल्य कमजोर बनायाे : पापड
-
‘सहकारीको बचत फिर्ता गर्न राज्यको ढुकुटी चलाइएको छैन,असारदेखि लालपुर्जा बाँड्छौँ’
-
ई–सेवाको कर्मचारी बनेर ठगी गर्ने पक्राउ
-
कम्पनीहरूलाई सरकारको राहत : असोजभित्र विवरण बुझाए पुराना जरिवाना मिनाहा
-
गोविन्दबहादुर बटालाले गरे अदालतमा आत्मसमर्पण, डिल्लीबजार कारागार चलान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण