बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

नेपाल वायुसेवा निगमको जहाज ठूलो दुर्घटनावाट बच्यो, परराष्ट्रमन्त्रीसहित सबै यात्रु सकुशल

मङ्गलबार, २८ भदौ २०७३, १४ : ०२
मङ्गलबार, २८ भदौ २०७३

काठमाडौ । नेपाल वायुसेवा निगमको जहाज ठूलो दुर्घटना हुनवाट बचेको छ । त्रिभुवन विमानस्थलमा ल्याण्ड गर्नेक्रममा जहाज अचानक दुर्घटनामा परेको थियो । तर, कुनै मानविय क्षती भने भएको छैन ।

विमानस्थलको टर्मिनल म्यानेजमेन्ट अफिसले जहाजमा ल्याण्डीङ गियर फसेकाले दुर्घटना भएको पुष्टी गरेको छ । निगमको आर ए २०६ विमान दिउँसो १२ वजेर ४५ बजे विमानस्थलमा अवतरण गर्नेक्रममा रनवेमा गियर फसेर दुर्घटना परेको थियो । जहाज भारतको नयाँ दिल्लीवाट आएको हो । सो जहाजमा परराष्ट्रमनत्री प्रकाशशरण महत सहितको टोली थियो । भारतीय भ्रमणमा रहेका महत सहितको टोली सोही जहाजवाट नेपाल आएका थिए ।

जहाज दुर्घटनामा परेर एक घण्टाभन्दा वढी विमानस्थल अवरुद्ध भएको छ । विमानस्थलले जहाजमा रहेका सवै यात्रु भने सकुशल रहेको पुष्टी गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप