बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बाढीमा डुबिरहेको उत्तर कोरियाका तानाशाह किम जोंगले मागे मद्दत

मङ्गलबार, २८ भदौ २०७३, १४ : ५७
मङ्गलबार, २८ भदौ २०७३

प्योंगयांग । पाँच पटक परमाणु बमको परिक्षण गरेर संसारलाई हल्लाउने उत्तर कोरिया बाढीमा डुबेको छ । बाढीका कारण अहिलेसम्म १ सय ३३ जनाको मृत्यु भइसकेको छ । यो स्थिती आफ्नो नियन्त्रणमा नभएका कारण तानाशाह किम जोंगले पार्टीको कार्यकर्ता र जनतालाई भोकले मरिरहेका मानिसहरुको मद्दत गर्नका लागि अपिल गरेका छन् । जुन सामान्य कुरा होइन ।

१ लाख ४० हजारभन्दा बढी मानिस गायब छन्ः आफ्नो आक्रामक व्यवहारका लागि चर्चित उत्तर कोरियाका राष्ट्रपति किम जोंगले आफ्नो पार्टी, वर्कर्स पार्टी अफ कोरियालगायतका सेना र त्यससँग जोडिएका अधिकारीहरुसँग जनताको मद्दत गर्न अपिल गरेका छन् । स्मरण रहोस्, पूरा मुलुकमा बाढी पीडितलाई बचाउनका लागि २ सय दिनको राष्ट्रव्यापी अभियान सुरु भएको छ । उत्तर कोरियाको पूर्वी भागमा बाढी आइरहेको छ । लगातारको मुसलधारे पानीले देशको अन्य भागमा पनि बाढीको स्थिती पैदा भइरहेको स्रोतले बताएको छ ।

उत्तर कोरियाली सरकारले बाढीका कारण ज्यान गुमाउने मानिसहरुको आंकडा जारी गर्दै अहिलेसम्म १ लाख ४० हजार भन्दा बढि मानिस हराइरहेको जानकारी दिएको छ ।

हंगकंगका सिटी युनिभर्सिटीका प्रोफेसर बेर्डेले विलियम्सका अनुसार तानाशाहले सार्वजनिक रुपमा मद्दत मागेको समाचार निकै बिरलै सुन्न पाइन्छ ।

पाँच परमाणु परिक्षण पछि सहयोगको अपिल, अन्र्तराष्ट्रिय स्तरमा भिन्न मानियोः मानवअधिकारको उल्लंघन गर्ने देशको सूचीमा उत्तर कोरिया १७८ स्थानमा छ । उत्तर कोरिया आफ्नो देशको नकारात्मक खबर संसार सामू आउनै दिँदैन । यहाँ सरकारी मिडिया मात्र छन् । यूएनसँग जोडिएका एक वरिष्ठ अधिकारीको भनाई अनुसार किम जोंगले भर्खरै पाँचौं न्यूक्लियस परिक्षण गरेका छन् । संसारभरी यो देशको आलोचना हुने गर्दछ ।

यो पनि पढ्नुहोस्ः

उत्तर कोरियामा भूकम्प : अहिलेसम्मको ठूलो परमाणु परिक्षणको आशंका 

अर्को परमाणु परिक्षणको तयारीमा उत्तर कोरिया, जुनसुकै बेला हुनसक्छ धमाका 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप