बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

अचम्मको बोकोः मानिसहरु ७ लाख २१ हजार तिर्न तयार, मालिकले भने खोजे तीन गुणा बढी मूल्य

बुधबार, २९ भदौ २०७३, १२ : ४८
बुधबार, २९ भदौ २०७३

भारतको वडगाम तहसीलको उमरेया गाउँका मनजीभाई पुंजा नामक एक व्यक्तिको घरमा ११ महिनाको बोको छ । उक्त बोकोलाई आफ्नो बनाउन मानिसहरु लाखौं नगद तिर्न तयार भएका छन् । आखिर किन यस्तो ?

वास्तवमा उक्त बोकोको शरिरमा ७ सय ८६ वटा चन्द्रमाको निशान कुदिँएका छन् जसले मानिसहरुलाई निकै आश्चर्यचकित बनाएको छ । उक्त अचम्मको बोकोलाई आफ्नो घरमा भित्र्याउनका लागि मानिसहरुले ७ लाख २१ हजार रुपैयाँ तिर्न तयार छन् तर यसका मालिक भने आफ्नो ‘सुनको अण्डा पार्ने’ बोकोलाई यति थोरै रकममा बेच्न चाहँदैनन् ।

बोकोका मालिक मनजीभाईको भनाई अनुसार उनी यसवर्ष आफ्नो बोकोलाई बेच्न तयार छैनन् । अर्को वर्ष यसको मूल्य दुईदेखि तीन गुणासम्म बढेपछि मात्र बेच्ने उनले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप