बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कार्टुन्ज क्रुुसँग प्रियंकाको रोमान्स बन्यो नम्बर वान

आइतबार, १४ माघ २०७४, १२ : २३
आइतबार, १४ माघ २०७४

काठमाडौं –पछिल्लो समय गीतहरुको मापन युट्युब टेन्डिङबाट गर्ने गरिएको छ । कसको गीत कति चल्यो भनेर जान्नका लागि युट्युब ट्रेन्डिङमा छ कि छैन भनेर बुझ्दा पुग्छ ।
यस्तै पछिल्लो समयकी ब्यस्त अभिनेत्री प्रियंका कार्कीले ार्टुन्ज क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्मासँग अभिनय गरेको ‘माछीले खाने खोलीको लेउ’ बोलको गीत नेपालको ट्रेन्डिङको १ नंबरमा पर्न सफल भएको छ । 
तीन दिन अगाडि सार्वजनिक यो गीतले ९ लाख ४४ हजार दर्शक पाउदै १ नम्बरमा आउन सफल भएको हो । गीतलाई द्द४ हजार लाईक र १ हजार डिसलाईक समेत मिलेको छ ।
दिनेश थपलियाको शब्द, बसन्त सापकोटाको संगीत रहेको गीतमा सरोज ओली र मेलिना राईले स्वर रहेको छ । गीत उदयराज पौडेलको एरेन्जमा तयार भएको हो ।
कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियो शुभ मिडिया होमको प्रस्तुतीमा सुदीप बरालले छायांकन गरेका हुन् । ललितपुरको पाटन दरवार स्क्वायर र गोकर्ण रिसोर्टमा भिडियो छायाँकन गरिएको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप