सोनाम ल्होछारको अवसरमा नुवाकोटमा कार्यक्रम
नुवाकोट– २८५४औं सोनाम ल्होछारको अवसरमा नुवाकोट तारकेश्वर स्थित गुर्जा मेन्दो युवा क्लवले शनिवार विशेष कार्यक्रमसहित साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा गन्तव्य नेपाल ग्रुपका अध्यक्ष तथा स्थानिय समाजसेवी शिव अधिकारीले विविध जातजाति, भाषभाषिको कला संस्कृतिको जगेर्ना गर्नको लागि आफ्नो सहयोग निरन्तर रहने बताउँदै यसलाई एउटा उत्सवकै रुपमा विकास गरिनु पर्ने बताए ।
उनले स्थानिय क्लव तथा सामुदायिक भवन निर्माणको लागि पनि आफ्नो पहल रहने बताए ।
हजारौंको संख्यामा सहभागी रहेका स्थानिय कार्यक्रममा काठमाडौंबाट अधिकारीको नेतृत्वमा टुर्गानका उपाध्यक्ष थानेश्वर देवकोटा, समाजसेवी माधव प्रकाश सुवेदी, चर्चित गायिका रानु निरौला र स्थानीय समाजसेवी मोतीराम ढकाललगायतको टोली उक्त कार्यक्रममा उपस्थिति भएको थियो ।
सो कार्यक्रममा स्थानिय भेषभुषा झल्किने सांगीतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । चर्चित गायिका रानु निरौलाको बेजोड प्रस्तुतिले कार्यक्रम स्थलमा रहेका स्थानीयहरुले भरपुर रुपमा मनोरञ्जन लिएका थिए भने उक्त कार्यक्रममा निरौलाको प्रस्तुतिले कार्यक्रम स्थलमा छुट्टै रौनकता छाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण