गायक रविन तामाङले तताए बुटवल
काठमाडौ – नेपालका चर्चित रक व्याण्डका सदस्यहरु आबद्ध भएको नयाँ व्याण्ड ‘प्रोजेक्ट वान’ले बुटवलमा ‘टुबोर्ग फेरि उठ्नेछ नेपाल ३’ नामक भव्य कन्सर्ट गरेको छ । चिसो मौसमको वेवास्ता गर्दै बुटवलस्थित बुटवल मण्डपमा झण्डै पाँच हजार बढी दर्शकले व्याण्डमा रहेका गायक गायिकाको गीतबाट मनोरञ्जन लिए ।
स्थानीय एस नेपाल इभेन्ट मेनेजमेन्टको व्यवस्थापनमा ब्याण्डवागन बाइ पोजिटिभ भाइब्सले आयोजना गरेको कन्सर्टको शुभारम्भमा गायक रविन तामाङ आफ्नो व्याण्ड ‘रबिन एण्ड दी न्यू रिभोल्युसन’ लिएर उपस्थित भए । उनले आफ्नो व्याण्डको हिट नम्बर ‘नेपाल’, ‘भूलमा भुलियो’ र ‘केटा केटी’लगायतका गीतले मनोरञ्जन दिए ।
रविनको प्रस्तुति पछि स्टेजमा आएका ‘प्रोजेक्ट वान’ व्याण्डका अर्का गायन सदस्य तथा अनुप्रस्था व्याण्डका गायक निरन शाही ‘ह्वाट टु डु काठमाडू ?’गीत लिएर आए । उनलाई यो गीतमा दी स्याडोज नेपालका स्वप्निल शर्मा, मुक्ति एण्ड रिभाइभलका मुक्ति शाक्य र रविन एण्ड दी न्यू रिभोल्युसनका रविन तामाङले साथ दिएका थिए । व्याण्डमा मुक्ति एण्ड रिभाइभल, रविन एण्ड द न्यू रिभ्योलुसन, अभया एण्ड द स्टिम इन्जन्स, द स्याडोज नेपाल र अनुप्रास्ताजस्ता चर्चित व्याण्ड आबद्ध छन् ।
कन्सर्टमा अनुप्रस्थाले ‘दिन’ र ‘ह्वाट टु डु काठमाण्डू ?’, दी स्याडोज नेपालले ‘प्रकृति’ र ‘हिँड्ने मान्छे लड्छ’, अभया एण्ड दी स्टिम इन्जिन्सले ‘तिम्रो लागि’ र ‘सक्दिन’, मुक्ति एण्ड रिभाइभलले ‘चौबन्दी चोलो’ र ‘कान्छी नानी ब्लुज’ तथा प्रोजेक्ट वानले ‘जीत’, ‘बर्न’, ‘हामी एक हौं’, ‘नेपाल’ र ‘फेरी उठ्नेछ नेपाल’ गीत प्रस्तुत गरेको थियो ।
आफ्ना गीतमा दर्शक मैदानमा नाँचिरहँदा व्याण्डका गायकहरु स्टेजमा बाद्यवादकका साथ उस्तै गरी रमाइरहेका थिए ।
यो व्याण्डको गायन समूहमा मुक्ति एण्ड रिभाइभलका मुक्ति शाक्य, रविन एण्ड द न्यू रिभोल्युसनको रविन तामाङ, अभया एण्ड दि स्टिम इन्जन्सकी अभया सुब्बा, द स्याडोज नेपालका स्वप्नील शर्मा र अनप्रास्ताका निरन शाही छन् ।
व्याण्डवागन बाइ पोजिटिभ भाइब्सका प्रस्तुतकर्ता विकेश कायस्थले बुटवलको सांगीतिक इतिहासमा अहिलेसम्मकै ठूलो कन्सर्ट गरिएको दाबी गरे । व्याण्डले आगामी माघ २७ गते ललितपुरको जावलाखेलमा यस्तै कन्सर्ट गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण