बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दयाहाङ र श्वेताको ‘चरी चट्ट परी’लाई करोड बढी दर्शक

बुधबार, १७ माघ २०७४, १३ : ०९
बुधबार, १७ माघ २०७४

काठमाडौं – ४ फागुनबाट देशव्यापी सार्वजनिक प्रदर्शनमा आउँने चलचित्र ‘कान्छी’को ‘चरी चट्ट परी’ गीतलाई नसोचेको सफलता मिलेको छ । चलचित्रको गीतले युट्युबमा छिट्टै एक करोड बढी दर्शक पाउन सफल भएको भएको हो ।
गीत संगीत राम्रो भएका कारणले पनि चलचित्रले बिजनेश गर्ने अनुमान गरिएको छ । गीतको सफलताले चलचित्रको सफलतासँग पनि प्रत्यक्ष सरोकार राख्ने गर्दछ । 
गीतले युट्युबमा ५६ लाख लाइक्स र साढे ३ हजार बढी कमेन्ट पाएके छ । गीतमा दयाहाङ राई र श्वेता खड्काले रोमान्स गरेका छन् । राजनराज सिवाकोटीको संगीत र शब्द रहेको यो गीतमा राजन र गायिका अञ्जु पन्तले गाएका हुन् । 
आकाश अधिकारी निर्देशित चलचित्र कान्छीमा दयाहाङ र श्वेताको अलवा  अनु शाह, प्रज्जवल सुजल गिरी र तेश्रोलिङ्गी अभियान्ता भूमिका श्रेष्ठको  समेत अभिनय रहेको छ ।  
शैलेश खड्का निर्माता रहेको चलचित्रमा रविन खड्का सह–निर्माता रहेका छन् । चलचत्रिमा शम्भूजित बाँस्कोटा, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत रहेको छ । चलचित्रले गाउँको एक महिलाको बिषयबस्तु उठाएको निर्माण युनिटको भनाई रहेको छ । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप