रोशनले अमृतालाई किन भने ‘समाउ मेरो हात’ ? (भिडियो)
बुधबार, १७ माघ २०७४, १४ : ३९
काठमाडौं – ‘भ्यालेनन्टाइम डे’ अर्थात प्रेम दिवस नजिकिदै गर्दा प्रेममय गीतहरु सार्वजनिक हुने क्रम बढ्न थालेका छन् । यस्तैमा गायक अमृत कुमार भट्टले पनि ‘समाउ मेरो हात’ बोलको भ्यालेनन्टाइम गीत म्युजिक भिडियो सहित ल्याएका छन् ।
भिडियोमा मोडेल रोशन बि.केको र अमृता भट्टको अभिनय छ । रोशन नेपाल टेलिभिजनबाट प्रसारण हुने रियालिटी शो ‘छम्मछमी सिजन–३’मा उत्कृष्ट १० भित्र पर्न सफल प्रतियोगी हुन् । अमृताले पनि मोडलको रुपमा पनि चर्चा बटुल्दै गरेकी छन् । भिडियो रोशन बिकेले नै निर्देशन गरेका हुन् ।
गायक अमृतले ललितकला क्याम्पसबाट संगीतमा ब्याचलर गरेका छन् । यो गीतमा शब्द, संगीत समेत गायक अमृतको रहेको छ, भने एरेन्ज शम्भु बानियाँले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण