मानव जीवनको आधारभूत आवश्यकता बन्दै संगीत
काठमाडौं – संगीत विनाको संसार अपूर्ण हुन्छ । जीवनलाई पूर्ण बनाउन संगीत क्षेत्रमा लागेका कुवेर नेपालीको कला यात्रा अनवरत नै छ । र, पनि ओझेल परिरहेका छन् उनी । नामका कुवेर संगीतमा पनि कुवेर हुने तरखरमा छन् । तर धनको कुवेर भने उनलाई संगीत क्षेत्रले बनाएको छैन ।
नेपाली सुगम संगीतका उदाउदा तारा हुन् कुवेर नेपाली । कुबेरको स्वर सुगम संगीत प्रेमीहरु जो कोहिको मनमा जमेर बसेको छ । २०३० साल भाद्र ८ गते ईलामको चिसापनी गाविसमा जन्मिएका हुन् कुबेर । औपचारिक शिक्षा उनको खासै माथी पुगेन यद्यपी साउँ अक्षरहरु राम्ररी चिन्न सक्छन् ।
बिबिध बाध्यताहरुले कक्षा ९ मै उनको पढाईमा पुर्णविराम लाग्यो । बालापन निकै कष्टकरमा बित्यो उनको । एक त उबेलाको पुरातनबादी समाज त्यसमाथी गरिवी । कलम समाउनु पर्ने हातले हलोको अनौ समाउनु पर्ने बाध्यता । गास भन्दा ठूलो अरू के हुन्छ र सजीवको लागी ? प्राण थामिए न, बाँकि कुराहरू आँउछन् । प्राण थमाउन गाँसको जोहो गर्नै प्र्यो । कुबेर भन्छन् – जिन्दगी आफैंमा यौटा अलिखित पाठ्यु पुस्तक हो । सिकाईको क्रम जिन्दगी भर चलिरहन्छ । उनि सहजै स्वीकार्छन् –बिद्यालय गएर औपचारिक शिक्षा लिन नपाएकोमा उनलाई ग्लानी छैन । बरू खुसी छन् ।
बिद्यालय छाडेर बनपाखा घाँसदाउरा गर्नु नपरेको भए म कहाँ संगीत बुझ्थें र? उनि कुराकानीमा ट्विष्ट भर्छन् । उनलाई संगीत सिकाएको भनेकै न्याउली र झ्याँउकिरिहरूले हो । यस अर्थमा न्याउली, कोईली झ्याँउकिरिहरू उनका पहिलो शिक्षक हुन् । माई खोला र पुवा खोलाको कलकल पानीमा डुबुल्की मारेर पानीको संगीत सुनेका छन् उनले । छहराको संगीतमा भुल्दाखेरि चितुवाले बाख्राको पाठो मारेको अझै सम्झना छ उनलाई ।
१४÷१५ बर्षको कलिलो उमेरदेखी नै कुबेरले गाउन थाले । बनपाखामा गोठालो गर्दा कोईलीको संगीतमा उनको स्वर मिसियो र बेजोड गीत बन्नथाल्यो । उनि भन्छन् गीत सुन्नकै लागी माझनहरुलाई सित्तैमा काम सघाई दिन्थें । रेडियोमा गीत बझ्थ्यो । छिमेकीहरूले लुगा सिलाउदा कलको किटकिट आवास सुनेर म लठ्ठ पर्थें । मनमा तरङ्ग आउथ्यो र अनायासै गुनगुनाउन पुग्थें । उनि थप्छन् ‘गीत संगीत भनेको मनको भाव रहेछ । बाद्यवाधनका साधनहरु सजिलोका लागी पछि थपिए ।’ सबैभन्दा मुख्य मन र भाव रहेछ । उनको वुझाई छ –संगीत सुन्ने धेरै छन् तर संगीत बुझ्ने नगन्य मात्र छन् यो दुनियाँमा । स्थानीय क्षेत्रमा हुने संगीतिक कार्यक्रमहरू कुबेरले कहिल्यै छुटाएनन् । घाँस काट्दा काट्दै, हलो जोत्दा जोत्दै छाडेर उनी कार्यक्रहरूमा भाग सहभागी हुन पुग्थे ।
कुबेरको संगीत यात्रा मौलाउँदै गयो । मनछुने शब्द रचना, समधुर संगीत भर्नुका साथै कालजयी स्वर थप्नसक्ने कला उनमा अझ निखारपन आयो । उनको स्वर सुन्दा लाग्छ नारायणगोपाल अझै हामीमाझ जिवीतै डुलिरहेका छन् । मात्र यति हो उनी छायाँमा छन् । दियोको पिंधजस्तो ।
पापी पेट र गायनको भोकले कुबेरलाई ५३ सालमा कठमाडौसम्म डोहोर्यायो । तर त्यतिखेरसम्ममा उनिलाई आफ्नो पेट मात्र पालेर पुग्थेन । श्रीमती छोराछोरी संगै थिए । रोजीरोटीले उनको गायन यात्रा झन छायाँमा पर्यो । कुबेर पेशागत रूपले एक कार ड्राईभर हुन् । उनको काम यात्रुलाई गन्तब्यमा पुर्याउनु हो । उनि थप्छन् गन्तब्यमा पुर्याउनुमात्र उनको काम होईन । कारको कर्कस आवाजलाई संगीतमा बदल्नु र जिवन्त स्वर थप्नु उनको मुख्य काम हो ।
उनको साधनालय पनि त्यहि यौटा साहुको कार हो । उनि बिना हिचकिटावट ईन्जीनको कर्कश आवाजमा लोभलाग्दो स्वर भर्छन् । यद्यपी समय अभावकै बिचमा उनले एक बर्ष संगीत नसिकेका भने होईनन् । बाद्यबाधनमा बाँसुरी हार्मोनियम खुवै मनपर्छ उनलाई । ‘पहिलोपल्ट हार्मोनयम किन्दा उनले बर्षदिनको खाजा खर्च कटौटि गरेका थिए । ’पिडा सुनाए । ६३ सालपछि भने कुबेर ‘झापा बिर्तामोड ’बोलको लोक दोहरी एल्बमबाट संगीत आकासमा हामफाले ।
६७ सालमा उनको ‘तिमिलाई सम्झदा’ नामक दोश्रो एल्बम निस्कियो । यो आधुनिक गीति संग्रह थियो । त्यस्तै गरेर ७१ सालमा “तिम्रो यादमा’ नामक अर्को आधुनिक एल्बम पनि थपे । ७३ ‘सालमा गल्ती मेरो’ र ७४ सालमा ‘जीवन’ नामको आधुनिक गीतको संग्रह निकाले ।
कुबेरलाई जिन्दगीसँग कुनै गुनासो छैन । सुख दुखको कुनै मोह छैन । जिन्दगी आफ्नो बाटोमा चल्छ । चल्न दिनुपर्छ । बरू गुनासो छ उनलाई हाम्रो संस्कारसंँग । मानवतामा सिन्डिकेट मिसिएको हाम्रो समाजसंग । उमेर पाको हुदै गएपनि नेपाली गीत संगीतमा केहि गर्न सकिने आशा उनिमा छ ।
गीति संग्रहहरु प्रमोसन गर्न नसकेकोमा उनि चिन्तित छन् । प्रमोसन गर्नका लागि उनलाई आर्थिक अभावले नै मुख्य कारण वनेको थियो । नेपालीको पुर्वी जिल्लाहरुमा संगीतलाई प्राण भर्दै हिडेंका नेपालीले गत माघ १ मा मोरङको खोर्सानेमा कुबेर नेपाली पलेंटी साँझको आयोजना गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण