शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विद्युत् खपत कम गर्न यसो गरौँ

बिहीबार, १६ मङ्सिर २०७३, १५ : ०९
बिहीबार, १६ मङ्सिर २०७३
सुशील श्रेष्ठ, सब–ओभरसियर, इलेक्ट्रिक लोडसेडिङ हुन नदिन तथा कम गराउन विद्युत् प्राधिकरणले पहल गरिरहेको छ । यस्तोमा हामी जनताले पनि सकेसम्म कम विद्युत् खपत गरेर राष्ट्रिय अभियानमा सहयोग पुर्‍याउन सक्छौँ । विद्युत्को कम खपतले बढ्दो महँगीको मार खेप्नु परिरहेको अवस्थामा केही राहत दिन सक्छ । बिजुलीको खपत सकेसम्म कम गर्न यस्तो तरिका अपनाउन सकिन्छः पुराना इन्कान्डसेन्ट बल्ब हटाएर कम्प्याक्ट फ्लोरिसेन्ट लाइट ‘सिएफएल’ प्रयोग गर्नु विद्युत् खपत कम गर्ने महत्वपूर्ण उपाय हो । सिएफएल चिम सुरुमा खरिद गर्दा केही महँगो भए पनि प्रयोग गर्दै जाँदा सस्तो पर्छ । सिएफएल चिमको तुलनामा एलइडी चिम ऊर्जा खपतको दृष्टिले निकै किफायती हुन्छ । तर, लिड चिम तुलनात्मक रूपमा केही महँगो हुन्छ । रेफ्रिजेरेटर, टिभी, वासिङमेसिन तथा एयरकन्डिसनरजस्ता घरायसी उपकरणले धेरै ऊर्जा खपत गर्छन् । त्यसैले, सबैभन्दा कम ऊर्जा खपत गर्ने उपकरण खरिद गरेर विद्युत् महसुल घटाउन सकिन्छ । रित्तो फ्रिजले भन्दा सामानले भरिएको फ्रिजले कम ऊर्जा खपत गर्छ । त्यसैले, फ्रिज धेरै नै खाली छ भने त्यसमा बोतलमा पानी भरेर राख्न सकिन्छ । त्यसैगरी, रेफ्रिजेरेटरको तापक्रम १ दशमलव ६ देखि ५ डिग्रीको बीचमा राख्दा पनि ऊर्जा खपत कम हुन्छ । एसीको एयरफिल्टर महिनामा एकपटक सफा गर्ने वा समय–समयमा फेरिरहनु पनि ऊर्जा खपत कम गर्न सहयोगी हुन्छ । हरेक वर्ष एसीको मर्मत गर्दा त्यसबाट समेत सञ्चालन लागत कम हुन सक्छ । वासिङमेसिनमा उचित मात्रामा पानी राखेर चलाउ“दा वासिङ प्रक्रिया छोटो भई ऊर्जा खपत गर्न सहयोग पुग्छ । कोठामा पर्दाको प्रयोग गरेर फ्यान, एसी वा चिमको प्रयोग घटाउन पनि सकिन्छ । उदाहरणका लागि घरमा प्रकाश परावर्तन गर्ने पेन्ट्स लगाउँदा कम क्षमताको चिमको प्रयोग गर्न सकिन्छ । विद्युत् खपत बढी गर्ने उपकरणहरू जस्तै– रेफ्रिजेरेटर, हिटर, वासिङमेसिनहरू सकेसम्म साँझको पिक आवरमा चलाउनु हुँदैन नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप