शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय

आफूलाई यसरी बचाउनुहोस् कुकुरको सम्भावित आक्रमणबाट

शुक्रबार, १७ मङ्सिर २०७३, १२ : २१
शुक्रबार, १७ मङ्सिर २०७३

पार्कमा घुम्दा, सडकमा टहल्दा वा बाइकमा यात्रा गर्दा तपाईंको पछाडि कुकुर पछि लाग्यो भने तपाईंलाई पक्कै पनि डर लाग्छ । तर यस्तो अवस्था जो सुकैलाई जुनसुकै अवस्थामा आउन सक्छ । त्यसकारण यस्तो अवस्थामा कस्तो तरिका अपनाउनुपर्छ भन्ने बारे हामी जानकारी दिँदै छौं ।

यदि कुकुर तपाईंको पछाडि दौडिँदै आएका छ र भुकिरहेको छ भने डराएर नभाग्नुहोस् । कुनै ढुङ्गा वा बेल्टको डर देखाएर त्यसलाई आफूबाट टाढा राख्ने कोशिश गर्नुहोस् ।

केही वस्तुमार्फत कुकुरको ध्यान खिँच्ने कोशिश गर्नुहोस् । जस्तै गुडिया वा बोतल, कुकुरलाई चपाउन दिनुहोस् ।

यति गर्दा पनि कुकुरको रिस कम भएको छैन भने तपाईंले गाली गरेरै यसको सामना गर्नुपर्ने हुन्छ । चर्को आवाजले उसलाई डराउने कोशिश गर्नुहोस् ।

कुकुर अहिले पनि डराएन भने हातमा आएको कुनै पनि कुराले हान्नुहोस् । केही पाउनुभएन भने पनि कुकुरको घाँटी, नाक वा टाउको पछाडि मज्जाले किक हान्नुहोस् ।

मद्दतको लागि मानिसहरुलाई बोलाउनुहोस् । स्थिती नियन्त्रण बाहिर आउनुपुर्व नै मानिसहरुबाट सहयोग माग्नुहोस् ।

वरिपरि हेर्नुहोस् । यदि लट्ठी हातमा पर्यो भने त्यसले हान्नुहोस् । तर ध्यानमा राख्नुहोस् कि कुकुरको टाउकोमा लट्ठी नलागोस् ।

यदि हडबडीमा तपाईं जमिनमा ढल्नुभयो भने बच्नका लागि घुँडामा टाउको घोप्टाएर अनुहार लुकाउनुहोस् किनभने कुकुरले अनुहार, घाँटी र गलामा नै सबैभन्दा पहिले आक्रमण गर्दछ ।

अनेकौं कोशिश गर्दा पनि कुकुरले टोक्यो भने त्यो ठाउँमा हातले दबाब दिनुहोस् । त्यहाँ कुनै कपडा वा रुमाल बाँध्नुहोस् ता कि रगत बग्न बन्द होस् ।

कुकुरले यदि थोरै टोकेको छ भने पनि संक्रमणको खतरा कम हुँदैन । त्यसकारण तुरुन्त मेडिकल सहयोग लिनुहोस् ।

ड्रेसिङ पछि पनि यदि घाउको नजिकै सुन्निएको र संक्रमण देखियो भने तुरुन्त डाक्टरलाई सम्पर्क गर्नुहोस् ।

आक्रमण गर्ने कुकुर घर पालुवा हो होइन, जानकारी लिनुहोस् । घर पालुवा हो भने मालिकलाई कुकुरलाई रेबिजको सुई लगाएको छ छैन भन्ने बारे पनि जानकारी लिनुहोस् ।

र यदि कुकुर भुस्याहा हो भने तुरुन्त रेबिजको सूई लगाउनुहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप