चन्दाको भिडियोमा भारतीय मोडेल
काठमाडौं – नेपाली गीतको भिडियोमा भारतिय मोडल कमै देख्न पाइन्छ । तर गायिका चन्दा घिसिङको नयाँ म्युजिक भिडियो ‘चोलीको तुना’मा भारतिय मोडलले अभिनय गरेका छन् ।
बिहिबार काठमाडौंको चावहिल स्थित चलचित्र विकास बोर्डमा आयोजित विशेष समारोहका सार्वजनिक म्युजिक भिडियोमा भारतीय मोडेल दिपान्सु थापाले अभिनय गरेका हुन् । उनलाई सुमी मोत्तानले साथ दिएकी छन् ।
विज्ञान राईले निर्देशन गरेको भिडियोमा राजिव समरको कोरियोग्राफी रहेको छ । भिडियो हरी हुमागाईले खिचेका हुन् ।
मोडल दिपान्सु नेपाली चलचित्रमा डेब्यु गर्ने तरखरमा छन् । ‘केही राम्रा र ठुला ब्यानरका चलचित्रमा कुरा भइरहेको छ । कुनै एउटा छानेर काम गर्ने सोचमा छु’, नयाँदिल्ली निवासी दिपान्सुले भने । अहिले उनी नेपाल आएका छन् ।
अहिले चल्तिमा रहेका संगीतकार टिका बम्जनको शब्द एवं संगीत रहेको यस गीतमा पवनवाङ लामाको संगीत संयोजन रहेको छ । राम्रो गीत र टिम भएकाले भिडियोमा मोड्लिङ गरे पनि आफ्नो लक्ष्य र सपना चलचित्र भएको दिपान्सुको भनाइ छ । चोलीको तुना गायिका चन्दा घिसिङको नयाँ एल्बमको गीत हो । ‘चोलीको तुना करिएर सारै टाइट भो, मलाई पाउन केटाहरुको ग्याङफाइट भो’ बोलको गीत निकै क्याची छ ।
भारतको इलाहाबादस्थित प्रयाग संगीत समितीबाट शाश्त्रिय संगीतमा विम्युज गरेकी चन्दा थोरै तर स्तरीय गीत गाउन रुचाउँछिन् । तामाङ भाषी चलचित्र ‘मायुङ बुरिङ’ (चेलीमाइती), ‘मिख्ली’ (आँसु), ‘च्याङबा’लगायत विभिन्न चलचित्रमा अभिनय गरेकी चन्दा अभिनयपछि गायनमा लागेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण