पहेँलो धातु बोकेर ठग्न हिँड्दा प्रहरी खोरमा
शुक्रबार, १५ पुस २०७३, १७ : ००
काठमाडौ– सुन भन्दै झुक्याएर ठग्ने नियतले सुनजस्तै देखिने दुई केजी पहेँलो धातु बोकेर हिँड्ने तिन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक हजाम–३ घर भई हाल पेप्सीकोला डेरा गरी बस्ने २४ बर्षीय चिनबहादुर श्रेष्ठ, पान्टाङ–२ घर भएका २५ बर्षीय उपेन्द्र श्रेष्ठ र गोल्छे–२ बस्ने २७ बर्षीय मिलन लामा रहेका छन् ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरी र प्रहरी वृत नयाँ बानेश्वरबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई पेप्सिकोला स्थित हिम गणेशमार्गबाट पक्राउ गरेको हो । उनिहरुको साथबाट सुन जस्तो देखिने पहेलोधातु २ केजी र नगद १ लाख रुपैयाँ बरामद गरिएको बानेश्वर वृतका डिएसपी नारायण चिमौरियाले जानकारी दिए ।
श्रेष्ठले सुनको अबैध कारोबार गर्दैछन् भन्ने सूचनाका आधारमा उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण