समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा (हेर्नुहोस् ६ तस्विर)
शुक्रबार, १५ पुस २०७३, १६ : २१
सिलिगुडी – दक्षिण एसियाली महिला फुटबल (साफ) प्रतियोगितामा समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई पराजित गर्दै नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भारतको सिलिगुडीको कञ्चनजंगा खेल मैदानमा भएको खेलमा नेपाल १–० गोल अन्तरले विजयी भएको हो ।
नेपालका लागि निर्णायक गोल सपना लामाले गरिन् । खेलको ८७ औँ मिनेटमा गोल गरेकी हुन् ।
नेपालले उद्घाटन खेलमा भुटानलाई ८—० र बुधबार भएको खेलमा माल्दिभ्सलाई ९— ० ले फराकिलो अन्तरले पराजित गरेको थियो । ।
प्रतियोगिताको समूह ए मा नेपाल, माल्दिभ्स, श्रीलंका र भुटान छन् । समूह बि मा भारत, अफगानिस्तान र बंगालादेश छन् । भारत ३ पटक च्याम्पियन बनेको छ । नेपाल ३ पटक नै उपविजेतामा चित्त बुझाएको छ । प्रतियोगितामा पाकिस्तान भने सहभागी भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण