बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

बाबुरामलाई आफ्नै नेताको कुरीकुरी !

शुक्रबार, १५ पुस २०७३, १७ : ०१
शुक्रबार, १५ पुस २०७३

काठमाडौँ – पूर्व राजा ज्ञानेन्द्र शाहले जारी गरेको विज्ञप्तिपछि सवै भन्दा बढी आक्रामक अभिव्यक्ति दिनेमा नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराई थिए । तर, उनकै पार्टीका केन्द्रीय कार्यकारणी समिति सदस्यले पूर्व यूवराज पारस शाहलाई जन्मदिनको शुभकामना दिँदै सँगै बसेको तस्वीर सामाजिक संजालमा अपलोड गरेका छन् ।

केन्द्रीय कार्यकारणी समिति एव्म नयाँ शक्तिको केन्द्रीय आर्थिक स्रोत परिचालन विभागका संयोजक सुनिल खड्काले ट्वीटरमा फोटो राखेर पारसका आगामी दिनले देश र नेपालीमा हाँसो ल्याहोस भन्ने शुभकामना दिएका छन् ।

  मात्रिभूमिका लागि युवा अभियान नेपालका अध्यक्ष रहेका खड्का २०७३ भाद्र २ गते आफ्नो टिमसहित नयाँ शक्तिमा समाहित भएका थिए । उनी पारसका नजिकका साथी हुन् । पारस बिरामी हुँदा उनले बैंककमा उपचारका क्रममा सहयोग गरेका थिए । खड्का हाल बैंककमा छन् जहाँ उनको व्यापार व्यवसाय छ । हाल पूर्व राजा ज्ञानेन्द्र पनि बैंककमा नै छन् । शुक्रवार पनि विज्ञप्ती निकालेर नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराईले राजसंस्थावारे भनेका थिए,

नयाँ शक्तिको चेतावनी : राजतन्त्र फर्काउन खोजे ‘न्याउरी मारी पछुतो’ होला

त्यसअघि उनले पूर्व राजाको विज्ञप्तीपछि जनाएको प्रतिक्रिया यस्तो थियो ।

ज्ञानेन्द्रविरुद्ध खनिए बाबुराम : धमिलो पानीमा माछा मार्ने प्रयास नगरे हुन्छ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप