थारु पत्रकार कोष स्थापना
बर्दिया - थारु पत्रकार सङ्घ बर्दियाले थारु समुदायको समग्र विकासमा योगदान पु¥याउने व्यक्ति तथा निकायलाई थप हौसल्ला प्रदान गर्ने उदेश्यले थारु पत्रकार अक्षयकोष स्थापना गरेको छ ।
थारु भाषा साहित्य, कला र संस्कृतिका र अधिकारका लागि कलम चलाउन प्रेरित गर्न रु ५० हजारको उक्त कोष स्थापना गरेको सो अवसरबाट उनीहरुको क्षमता विकास गर्न थप मद्दत पुग्ने थारु पत्रकार सङ्घका सचिव भागीराम चौधरीले जानकारी दिए ।
साथै थारु पत्रकारको वृद्धि विकासका लागि क्षमता अभिवृद्धि गर्न विविध प्रकारका प्राविधिक तथा प्रतिवेदन लेखनको तालिम सञ्चालन गर्दै भविष्यमा थारुको कुशल पत्रकारिताको विकासका लागि बाटो पहिल्याउन पनि जोड दिने सङ्घले जनाएको छ ।
सङ्घका अध्यक्ष सञ्जु चौधरीको अध्यक्षतामा बसेको बैठकले, इच्छुक नागरिक, सङ्घका सदस्य, सहयोगी व्यक्ति, सरकारी तथा गैरसरकारी सङ्घ संस्था र निकायबाट कोषका लागि रकम सहयोग गर्न आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण